मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय

टाइसन फ्युरीद्वारा दोस्रो पटक संन्यासको घोषणा

मङ्गलबार, ०१ माघ २०८१, १० : २६
मङ्गलबार, ०१ माघ २०८१

लण्डन । पूर्व विश्व हेभिवेट च्याम्पियन टाइसन फ्युरीले बक्सिङबाट संन्यासको घोषणा गरेका छन् । फ्युरी गत डिसेम्बरमा अन्तिम पटक बक्सिङ रिङमा उत्रिएका थिए । सो खेलमा उनी डब्लूबीए (सुपर), डब्लूबीसी र डब्लूबीओ च्याम्पियन ओलेक्सान्डर यूसेकसँग पराजित भएका थिए ।

३६ वर्षीय फ्युरीले सन् २०२२ को अप्रिलमा डिलियन ह्वाइटलाई पराजित गरेपछि संन्यासको घोषणा गरेका थिए । तर, ६ महिनापछि उनी पुनः खेलमा फर्किएका थिए ।

ब्रिटिस खेलाडी दुई पटक हेभिवेट च्याम्पियन बनेका थिए भने उनले ३४ जित, दुई पराजय र एक बराबरी खेलेका छन् । ‘म मेरो सन्देशलाई छोटो र मिठो राख्न चाहन्छु,’ फ्युरीले भने, ‘म बक्सिङबाट संन्यासको घोषणा गर्न चाहन्छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप