पार्टीहरू केवल चुनावदेखि चुनावसम्मका
पार्टी क्याडर–बेस्ड हुन्छ कि मास–बेस्ड भन्ने बहस पुरानो भइसक्यो । यो करिब सय वर्षअघि सान्दर्भिक थियो । त्यसपछि क्रमशः यो प्रसंग असान्दर्भिक बन्दै गएको छ । क्याडर–बेस्ड पार्टी मूलभूत रूपले अलिकति जुझारु हुन्छन् । हिजो राज्य–सत्तालाई बलपूर्वक हिंसात्मक तरिकाले हटाउने ओरियन्टेसनमा कम्युनिस्ट पार्टीहरू बन्दा खेरि गैरकम्युनिस्ट पार्टीहरू आफूलाई मास–बेस्ड पार्टी भन्थे । तर, तिनीहरू भनेजस्तो मास–बेस्ड होइनन् । कम्युनिस्टको तुलनामा मात्रै मास–बेस्ड हुन् ।
कम्युनिस्टमा माथिदेखि तलसम्म जुन पदानुक्रम कमिटी प्रणाली, व्यक्ति–व्यक्ति बिचको अनुशासन मापदण्ड स्थापित थियो त्यसको तुलनामा खुला समर्थन गरेपछि पुग्ने । खास चुनावमा भाग लिएर काम गरेपछि पुग्ने खालका गैरकम्युनिस्ट पार्टी युरोपमा बने । युरोपमा चुनाव लड्ने सोसलिस्ट वा कम्युनिस्ट वा गैरकम्युनिस्ट पनि एकै ढाँचामा बनेका थिए । उनीहरूको अनुशासन अलिकित खुकुलो रहने र कमिटी प्रणाली पनि अलिकति खुकुलो थियो ।
वास्तवमा सुरुमा अमेरिकी पार्टीहरू बनेका हुन् । अमेरिकामा पछि प्राइमरी भनेर तलबाट चुनाव गर्न थालियो । त्यसमा सुपर डेलिगेट भनेर माथिका केही मान्छे बढी अधिकारसम्पन्न हुने चलन अमेरिकी पार्टी (खासगरी डेमोक्रेटिक)मा छ । त्यसो गर्दा पार्टी कस्तो बनाउने कुरा मास–बेस्ड कि क्याडर–बेस्ड भन्ने हाम्रो सन्दर्भमा पुरानो बहस हो । केवल चुनावदेखि चुनावसम्म बनाउने हो वा हैन भन्ने आजको प्रश्न हुनुपर्छ ।
- एमाले बन्यो दुई–चार जनाको समिति
एमाले २०६४ सालपछि जता जाँदै थियो त्यसलाई हेरेर जबज भनेको चुनावदेखि चुनावसम्म सिद्धान्त हो भन्ने थियो । बाहिर जतिसुकै क्रान्तिकारी भने पनि, मदन भण्डारीको नाम लिए पनि, इतिहासको सन्दर्भ र सिद्धान्तको कुरा गरे पनि जबजले मूलभूत रूपमा चुनावदेखि चुनावसम्मको बाटो लिँदै थियो ।
धेरै कार्यकर्तालाई एउटा भ्रम के थियो भने जबज भनेको क्रान्तिकारी नै हो । जनतालाई पनि त्यो प्रभाव परिराखेको थियो । किनभने, कार्यकर्तामार्फत जनतामा जाने हो । मास–बेस्ड भने पनि त्यो मासमा लैजाने कोही न कोही पात्र चाहिन्छ । त्यसकारण लैजानेले विचार के हो ? सिद्धान्त कसरी लागू हुन्छ ? आपसका कमिटी कस्तो बन्छन् ? कस्ता मान्छे आउँछन् ? यी कुरा मास (आमजन)मा कसले लैजान्छ भन्नेले नै निर्णय गर्छ ।
युरोपमा त्यही हो । अमेरिकामा त्यही हो । यहाँ त्यही हो । त्यसकारण त्यति बेलादेखि नै करिब यसले एजेन्डा छाडिसकेको थियो । समाज परिवर्तनको एजेन्डा छाडिसकेको थियो । विचारको कुरा छाड्दै थियो । पछि एकदम नांगो सत्ता संघर्षमा परिणत हुँदै गयो ।
चुनावदेखि चुनावसम्म बन्ने जुनसुकै पार्टी त्यो सत्तामुखी हुन्छ । गुटमुखी हुन्छ । त्यो सरदारवादी बन्दै जान्छ ।
केपी शर्मा ओली आइसकेपछि जबज भनेको चुनावदेखि चुनावसम्मको मात्र पनि भएन । माथिका दुई–चार जनाको स्वार्थमा काम गर्ने समिति बन्यो । प्राइभेट ट्रस्टजस्तो बन्दै गयो । यी सबै कुराका आधारमा चुनावदेखि चुनावसम्मको पार्टी बनाउँदा तात्कालिक सत्तामा जाने कि नजानेसम्मको निर्णय गर्छ ।
यसले गर्दा यो पार्टी सत्तामुखी हुन्छ । नेतामुखी हुन्छ । नेताहरूको पनि खास गुटको बन्छ । त्यो पार्टी अनिवार्य रूपले गुटमा पनि प्रजातान्त्रिक रूपमा चल्दैन । त्यो सरदार र गुटको बन्दै जान्छ । चुनावदेखि चुनावसम्म बन्ने जुनसुकै पार्टी त्यो सत्तामुखी हुन्छ । गुटमुखी हुन्छ । त्यो सरदारवादी बन्दै जान्छ ।
- पार्टी कस्तो बनाउने ?
अर्को खालको पार्टी बनाउने भनेको क्रान्तिकारी नै हो । समाजवादी पार्टी बनाउने हो । त्यसो हो भने परिवर्तनको एजेन्डा हुनुपर्छ । परिवर्तनको बहाव र एजेन्डा बुझ्ने कार्यकर्ता हुन्छन् । त्यो कार्यकर्ता आफैँ टिक्न सक्दैन । आफूले मात्र समाज परिवर्तन गर्दैन । त्यसका लागि उसलाई वर्ग चाहिन्छ । वर्गको कुरा र एजेन्डा बुझ्ने मान्छे चाहिन्छ । जनमत चाहिन्छ । त्यो मास चाहिन्छ । यसरी त्यो वर्गको पार्टी बन्छ ।
कुनै एउटा वर्गले व्याख्या गरेकाले मात्र पार्टी बन्दैन । त्यो वर्गले आफ्ना माग अर्कासँग पनि एकप्रकार समन्वय गर्छ । यसरी त्यो राष्ट्रिय पार्टी बन्छ । यसर्थ क्रान्तिकारी, परिवर्तनकारी, समाजवादी, कार्यकर्ता र वर्गको पार्टी बनाउने हो । यसर्थ मास–बेस्ड क्याडर पार्टी बनाएका छौँ । क्याडर पार्टी त बन्नै पर्छ । यो भने पनि हुन्छ नभने पनि हुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मास–बेस्ड पार्टी मान्न सकिन्छ । त्यसमा माथिका आठ–१० जनाबाहेक अन्य कसैले निर्णय गर्दैनन् । तलकालाई पार्टीमा के नीति लिनुपर्छ वा पर्दैन भन्ने केही थाहा छैन । अन्य पार्टीप्रति वितृष्णा छ । त्यसैले उनीहरू रास्वपा हुन् । किन रास्वपा हुन् भन्दा कुनै एजेन्डा भएर होइन कि अन्यसँग वितृष्णा छ । त्यसकारण दुई–पाँच जना त्यहाँका क्याडर (कार्यकर्ता) हुन् । थोरै क्याडरको पार्टी हो । सबै क्याडर पार्टी नै हुन् ।
जनवादी केन्द्रीयता भनेको जहाँ पनि लागू हुन्छ । त्यो कम्युनिस्टमा मात्र होइन । जनवादी केन्द्रीयतामा बहुमत लागू हुन्छ । अल्पमतले आफ्नो कुरा राख्छ ।
पार्टी भन्नेबित्तिकै समूह चाहिन्छ । समूहमा निश्चित सीमा हुन्छन् । तिनीहरूका अधिकार र कर्तव्य हुन्छ । ती अधिकार र कर्तव्य बाँडफाँट हुन्छन् । क्याडर–बेस्ड पार्टीको सुरुवात भइहाल्छ । अन्य कमिटीभन्दा केन्द्रले धेरै निर्णय गर्छ । त्यसकारण ती कोर क्याडर हुन् । त्योभन्दा तल्ला कमिटीले सोहीअनुसार निर्णय गर्छन् । ती दोस्रो दर्जाका क्याडर हुन् । त्यसो हुँदा क्याडरको पदानुक्रमका मात्र कुरा हुन् ।
सबै पार्टी चुनावदेखि चुनावसम्मका बनेका छन् । कम्युनिस्ट पनि सबै चुनावमुखी बनेका छन् । व्यावहारिक रूपले केही पार्टी जस्तैः विप्लव चुनावमा पसिसक्नुभएको छैन । पस्न खोज्दै हुनुहुन्छ । उहाँहरूले कस्तो बाटो लिनुहुन्छ ? हेर्न बाँकी छ । मोहन वैद्यसँग चुनावकेन्द्रित ओरियन्टेसन छैन ।
त्यसबाहेक ठूला पार्टी कांग्रेस र एमाले वा माओवादी वा हाम्रै वा अन्य पार्टी दुनियाँले बुझ्ने गरी मास–बेस्ड क्याडर हुन् । अथवा, यी परिवर्तनकारी पार्टी हुन् । यी आजका समाजवाद ल्याउने पार्टी हुन् भनेर हामीले स्थापित गर्न सकेका छैनौँ । आजको आवश्यकता त्यो हो ।
- कम्युनिस्टमा मात्र छैन जनवादी केन्द्रीयता
जनवादी केन्द्रीयता भनेको जहाँ पनि लागू हुन्छ । त्यो कम्युनिस्टमा मात्र होइन । जनवादी केन्द्रीयतामा बहुमत लागू हुन्छ । अल्पमतले आफ्नो कुरा राख्छ । त्यो कुरा जुनसुकै पार्टीमा हुन्छ । त्यो कांग्रेसमा छ । सीके राउतको पार्टीमा लेखेका छन् ।
सबै पार्टीमा बहुमतको निर्णय लागू हुन्छ । माथिल्लो कमिटीले गरेको निर्णय लागू हुन्छ । अरूले आफ्ना कुरा राख्छन् । यसलाई लेनिनवादी सिद्धान्त भन्ने हो भने अहिले सबै पार्टी लेनिनवादी हुन् । यी सबैले लेनिनवादी सिद्धान्त अँगालेका छन् । यसर्थ कोही लेनिनवादी हुने, कोही नहुने भन्ने हुँदैन ।
एजेन्डा केका लागि हुन् ? तात्कालिक चुनावका लागि । नेताहरूको उद्देश्य टिकट पाउने हो । टिकट किन पाउने हो वा चुनावमा किन जाने हो भन्दा सत्तामा जान हो । सत्तामा किन जाने ? व्यावहारिक रूपमा भन्दा धेरै पैसा कमाउन हो । शक्तिको प्रयोग गर्न हो । त्यसो गरे अझै ठूलो सत्तामा जान सकिन्छ ।
त्यसैले तपाईंले टिकट पाउनुहुन्छ । सांसद बन्नुहुन्छ । सांसद भएपछि अहिलेको सत्तादोहन, राज्य–दोहनको प्रवाहमा पस्न सुरु गर्नुहुन्छ । त्यसको नजिक पुग्नुहुन्छ । त्यसबाट अझ धेरै पैसा कमाउनुहुन्छ । त्यो पैसाले अर्को चुनाव जित्न सजिलो हुन्छ । धेरै पैसा कमाउनुभयो भने अर्को पटक मन्त्री बन्नुहुन्छ । मन्त्री भएपछि दुई–चार जना अरूको पनि पैसा व्यहोर्नुहुन्छ । नेताका खर्च व्यहोर्नुहुन्छ ।
हाम्रो एजेन्डाले समाजलाई के प्रभावित पारिराखेको छ भनेर केन्द्रीय समिति बैठकमा छलफल हुँदैन । हरेकजसो बैठकमा सत्तामा कसरी जाने ? चुनाव कसरी जित्ने ? यी दुई कुराबाहेक अन्य विषयमा छलफल हुँदैन ।
तल चुनाव प्रचार गर्ने धेरैको व्यवस्थापन गर्नुहुन्छ । तिनीहरूलाई जागिर लगाउने, ठेक्कापट्टा मिलाउने गर्नुहुन्छ । कर्मचारीको सरुवा–बढुवा गर्नुहुन्छ । सरुवा–बढुवा भएका कर्मचारी चुनाव व्यवस्थापन कमिटीजस्ता बन्छन् । यसरी क्रमशः प्रधानमन्त्री बन्ने बाटोमा जानुहुन्छ । पहिला आफू निकटका लागि दौडधुप हुन्छ । पछि अरूलाई टिकट दिन सक्ने हुन्छ । पछि गएर देशैभरिका टिकटलाई प्रभावित पार्न सकिन्छ ।
यो एउटा बाटो हो । कांग्रेस र कम्युनिस्ट सबैको बाटो यही हो । त्यसकारण राज्य, राजनीति बिचौलियातन्त्र, दलाल पुँजीवाद बन्दै गएको छ । यसैबाट समाजवादको ठूलो आकांक्षा राख्न सकिँदैन । यसर्थ क्रान्तिकारी पार्टी चाहिन्छ । जसलाई तात्कालिक चुनाव जित्नु वा नजित्नु निर्णायक कुरा हुँदैन । चुनाव जित्नुपर्छ तर उसले आफ्ना एजेन्डाका आधारमा जित्नुपर्छ । त्यो एजेन्डा कसैसँग एलाइन्स गर्न हुन्छ कि हुँदैन भन्दा हुन्छ । तर, त्यो सामाजिक परिवर्तनको एजेन्डालाई ग्यारेन्टी गरेर एलाइन्स गर्नुपर्छ ।
कांग्रेस र एमालेले अहिले गठबन्धन गरेका छन् । कांग्रेस, माओवादी र हाम्रो पार्टीले गठबन्धन गरेका छ् । यी अपवित्र गठबन्धन हुन् । सत्ता लाभका लागि गरिएका गठबन्धन हुन् । त्यसैले यी सबै क्याडर पार्टी नै हुन् । साँच्चै क्याडर पार्टी हुन् भन्दा होइनन् । नामका मात्रै क्याडर पार्टी हुन् । सम्पूर्ण एजेन्डा सरकारमा जाने कि नजाने ? पार्टीले ठीक गरिराखेका छन् कि छैनन् ? हाम्रो एजेन्डा ठीक छ कि छैन ?
हाम्रो एजेन्डाले समाजलाई के प्रभावित पारिराखेको छ भनेर केन्द्रीय समिति बैठकमा छलफल हुँदैन । हरेकजसो बैठकमा सत्तामा कसरी जाने ? चुनाव कसरी जित्ने ? यी दुई कुराबाहेक अन्य विषयमा छलफल हुँदैन । अन्य कुनै एजेन्डा राखेका भए पनि यी दुईसँग सम्बन्धित हुन्छन् । त्यसको ब्रेकडाउन मात्र हो ।
- राज्यदोहन गरेर खाने पनि उत्पादक !
मैले नै सम्भवतः पहिला उत्पादनसँग जोडिने कुरा उठाएको हुँ । एमालेको आठौँ महाधिवेशनमा यो कुरा उठाएको थिएँ । बहुदलीय व्यवस्थामा उत्पादनसँग जोडिने विषय पार्टीहरू बन्ने, त्यो पार्टी राज्य दोहनको साधन बन्दिने खतरा रहन्छ । आफ्नै उत्पादनमा बाँच्ने कार्यकर्ता भएनन् भने त्यो कार्यकर्ता लोकतन्त्रलाई अपहरण गर्नतिर लाग्छ । त्यसले एजेन्डा बिर्सन्छ । त्यो समाज परिवर्तनको वाहक बन्दैन । त्यसकारण ऊ आफ्नो जीविकाका लागि आफ्नो उत्पादनमा बाँच्नुपर्छ भनेर राखेको थिएँ ।
पछि त ठेक्कापट्टा मिलाउने, माथि मालदार मन्त्री, कर्मचारीसँग मिल्यो प्रोजेक्ट लग्यो । त्यही बेचेर खान थाले । नेता–कार्यकर्ताले उत्पादन भनेर जसरी कमाए पनि हुन्छ भन्ने सोचाइ हाबी भयो । त्यो हिजो पनि थियो । डाँकाले पनि लुटेर खान्छ । उसको परिभाषामा त्यो कमाएको हो । चोरले चोरेर ल्याएको पनि कमाएकै हो । उसको भाषामा आम्दानी हो ।
मैले सुरु गरेको यसका लागि होइन । मैले ल्याएको योजना कार्यकर्ता आफैँले उत्पादन गरोस् भन्ने हो । त्यसले श्रम गरोस् । सानोतिनो उत्पादनको लगानी गरोस् । राज्यको जुन कानुन छ त्यसको अधीनमा रही पारदर्शी आम्दानीबाट उसले जीविका चलाओस् । त्यसो भए ऊ राजनीतिक रूपमा स्वतन्त्र रहन्छ । ऊ नेतामा निर्भर हुँदैन । भ्रष्टाचारमा निर्भर हुँदैन । अन्य विकृति–विसंगतिमा लाग्दैन । आफ्नो कमाइ खानेले आफ्नै कुरा बोल्न थाल्छ । आफ्नै पार्टी, विचार, सिद्धान्तको कुरा गर्न थाल्छ । त्यो सम्भावना रहन्छ भनेर मैले कुरा उठाएको थिएँ । तर, भयंकर विकृत हुँदै गयो ।
अहिले सदस्य आफैँ बनाउने, लेबी आफैँ तिरिदिने, शुल्क पनि आफैँ तिरिदिने अनि गाउँ अधिवेशनदेखि महाधिवेशनसम्म आफ्ना रैतान वा जिम्दारीबाट प्रतिनिधि ल्याउने र नेता बनिरहने । किन भन्दा फेरि सत्तामा कहीँ न कहीँ दोहनको सम्भावना छ ।
भ्रष्टाचार गरेर कमाए पनि उत्पादन भन्न थालियो । फाइल यताउता गरेर खाने पनि उत्पादक भए । भन्सारमा यताउता गरेर खाने, खानीमा मिलेर खाने, विकास निर्माणमा गएको पैसा यताउता गरेर खानेलाई पनि उनीहरूले कमाइ भनेका छन् । धेरै ठूलो संख्या त्यसमा बाँच्ने गरेका छन् । कुन पार्टीमा कति छन् भन्दा जुन पार्टी बढी सत्तामा पुगेका छन् त्यो पार्टीमा धेरै कार्यकर्ता त्यसरी बाँचेका छन् । राज्य–दोहन गरेर बाँचेका छन् । भाग–शान्ति छ । यस्तो परम्परा र संस्कार बस्यो ।
पार्टीले १० लाख, २० लाख कार्यकर्ता बनाउने हो भने अहिले विभिन्न पार्टीमा ३० लाख कार्यकर्ता संगठित छन् । यी सबैले यस्तै ६० लाख कार्यकर्ता बनाउने हो भने हाम्रो मुलुक अझ सकिन्छ । त्यसैले कार्यकर्ता वा सदस्यता बढाउने भनेको कस्तो हो ? विचारको सदस्यता बढाउने हो । राम्रो कुरा, एजेन्डाका आधारमा सदस्यता बढाउने हो ।
एजेन्डा समाजमा राख्न सक्ने, प्रयत्न गर्ने, त्यसप्रति अनुशासित, मूल्य बोकेको कार्यकर्ता बढाउने हो । लोकतान्त्रिक मूल्य–मान्यतासहितको कार्यकर्ता कांग्रेसले बनाउने हो भने मुलुकका लागि त्यो राम्रै हो । हामी कम्युनिस्टले समाजवादी कार्यकर्ता बनाउने हो र परिवर्तनकारी सदस्यता बढाउने हो भने त्यो धेरै राम्रो कुरा हो ।
अहिले सदस्य आफैँ बनाउने, लेबी आफैँ तिरिदिने, शुल्क पनि आफैँ तिरिदिने अनि गाउँ अधिवेशनदेखि महाधिवेशनसम्म आफ्ना रैतान वा जिम्दारीबाट प्रतिनिधि ल्याउने र नेता बनिरहने । किन भन्दा फेरि सत्तामा कहीँ न कहीँ दोहनको सम्भावना छ । त्यसो हुँदा तल उसले लगानी गर्छ । धेरै सदस्य बनाउने, प्रतिनिधि ल्याउने कुरामा लगानी गर्छ । त्यसैले अहिले पार्टी निर्माण क्याडर मास–बेस्ड होइन । समाजवादी परिवर्तकारी पार्टी हो वा चुनावमुखी पार्टी मुख्य कुरा यही हो ।
- किन ढल्यो सोभियत संघ ?
सोभियतमा करिब हाम्रा जस्तै पार्टी बनिसकेका थिए । त्यहाँको युद्ध कर्मचारीतन्त्रजस्तो भनिसकेको थियो । बाहिर धेरै ठाउँमा युद्ध चलिराखेका थिए । युद्धमा लगानी गर्नुपर्ने थियो । देशभित्रै उपभोग्य सामग्रीका लागि उत्पादन कम हुँदै थियो । लगानी पनि कम हुँदै गएको थियो ।
अन्तरिक्ष युद्ध लड्नुपर्यो । समुद्री युद्ध लड्नुपर्यो । लगानी युद्धमा गर्नुपर्यो । त्यसको दौरान ठूलो कर्मचारीतन्त्र विकसित भएर त्यहाँको पार्टी कब्जामा परिसकेको थियो । त्यसले गर्दा सोभियत संघ गयो । त्यो पनि वास्तवमा क्याडर–बेस्ड पार्टी रहेन । सोभियत संघ कम्युनिस्ट पार्टीका तलका कार्यकर्ताको विचार अनुमोदनले चल्न, तिनमा छलफल चल्न छाडिसकेका थिए । माथि युद्ध चाहनेहरूको, युद्ध सामग्री उत्पादकको पार्टी बनिसकेको थियो ।
चिनियाँ वा भियतनामी वा क्युबाली पार्टीको कुरा गर्दा त्यहाँका जनताको जीवनस्तर उकास्ने, नयाँ जिन्दगी दिने कुरामा बढी केन्द्रित छ । ७०–८० करोड मानिसलाई माथि ल्यायौँ भन्छन् । त्यसले त्यहाँको परिवर्तन देखायो । नागरिकको जीवनमा परिवर्तन देखायो । उनीहरूले त्यो परिवर्तन त्यहाँ देखाए । क्युबान पार्टी मैले बुझेअनुसार नेताहरू राज्यदोहन गरेर बाँच्ने अन्तजस्तो स्थिति त्यहाँ छैन । त्यहाँजस्तो गर्न जनतालाई एकताबद्ध पार्नुपर्छ । आन्तरिक लोकतन्त्रको ग्यारेन्टी गर्नुपर्छ । त्यो ग्यारेन्टी कमसेकम क्युबामा छ ।
आन्तरिक छलफल, राष्ट्रियता, अमेरिकी नाकाबन्दी, आफ्नो इतिहास, परम्परा, स्वाधीनताका विषयमा उनीहरूले कार्यकर्तालाई प्रशिक्षित गरेका छन् । नेताहरू कार्यकर्ताको भावनाअनुसार चलेका छन् । नेता जे खान्छन् सामान्यतः कार्यकर्ता त्यही खान्छन् । नेताले जे लगाउँछन् उनीहरू त्यही लगाउँछन् । त्यहाँका जनतामा अलग्गै हामीमाथि शासन गर्न आएजस्ता सोच छैन ।
हामीमा यो छुट्टिइसकेको छ । यहाँ तलको कार्यकर्ता छ भने एक खालको जीवन छ । माथिको कार्यकर्ताको अर्कै जीवनशैली छ । सत्तामा जाने–आउने गरेका कोर टिममा रहेका र कांग्रेस, रास्वपाका मान्छेहरूको जीवनमा फरक केही छैन । जब जीवनमा फरक देखिन थाल्छ त्यसपछि अलग विचार सिर्जना हुन थाल्छ । यसले या ऊ आफ्नो स्वार्थका कारण नेताको पछाडि लाग्छ या त गुट बनाएर मात्र टिक्न सक्छ । या त्यो पार्टीमा रहन सक्दैन र विचारविहीन पार्टी बन्दै जान्छ ।
(एकीकृत समाजवादीका महासचिव भुसालसँग रातोपाटीकर्मी गणेश पाण्डेले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अध्याधेशमा राष्ट्रपतिको असन्तुष्टि, मोर्चाबारे अलमलमा झलनाथ
-
‘बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शो’को तयारी पूरा
-
ओलीको आलोचना गर्दा एमालेमा अर्का नेता पनि कारबाहीमा
-
अध्यादेश फिर्ता लिन माग
-
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता
-
दुर्घटनामा परेर उच्च अदालत पाटनका न्यायाधीश रेग्मी घाइते