चाडपर्वले हाम्रा परम्परागत मौलिक संस्कृतिको संरक्षण गरेका छन् : खनाल
मङ्गलबार, ०१ माघ २०८१, ०९ : २५

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चाडपर्वहरूले परम्परागत मौलिक संस्कृतिहरूको संरक्षण गरेको बताएका छन् ।
माघे सङ्क्रान्ति तथा माघी पर्व २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले हिमाल, पहाड र तराईमा बस्ने धेरै जातजातिका समुदायले आफ्नै मौलिक रीति र परम्परागत अनुसार यो पर्व मनाउँदै आएको बताए ।
शुभकामना सन्देशमा उनले भनेका छन् –'यो पर्व उधौली र उभौलीको सीमा पनि हो । यसरी मनाइने चाडपर्वले हाम्रा परम्परागत मौलिक संस्कृतिहरूको संरक्षण हुनेछ र एकआपसमा भ्रातृत्व, पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्नेछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा
-
नागरिक उन्मुक्तिसँग एकीकरण गर्ने जनमतको निर्णय
-
प्रचण्ड र माधवले एकैसाथ भने– मुटु हल्लिएको छैन, इतिहासको रथ पछि फर्किँदैन
-
प्रधानमन्त्रीले प्रदेश सभामा छुद्र बोल्ने विपक्षीको चिन्ता, आश्वस्त बनाउँदै मुख्यमन्त्री
-
कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा
-
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु