म्याद सकिएका खाद्यपूरक सामाग्रीमा नयाँ लेबल ! राजस्वको आदेशसमेत अवज्ञा
विराटनगर । प्रहरी र राजस्व अनुसन्धान कार्यालय इटहरीले आइतबार छापा हानेर न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष विपिन झाको घरबाट ठुलो परिमाणमा बजार पठाउन लागेको म्याद सकिएको खाद्य पूरक सामाग्री बरामद गर्यो ।
छापा मार्ने क्रममा झाको विराटनगर ६ स्थित आफ्नै घरको तीन वटा गोदाममा म्याद सकिएको न्युट्रास्युटीकलको लेभल मेटाएर पुनः नयाँ उत्पादन मिति राखेर विक्री वितरण गरेको भेटिएको थियो । त्यसपछि राजस्व अनुसन्धान कार्यालयले झालाई सोमबार कार्यालयमा उपस्थित हुन पत्राचार गर्यो । तर, उनी राजस्व अनुसन्धान कार्यालयले गरेको पत्राचारलाई अवज्ञा गरे । उनी राजस्व अनुसन्धान कार्यालय उपस्थित भएनन् ।
‘म्याद सकिएको खाद्य पूरक सामाग्री बरामद गरेपछि हामीले तीन वटा गोदाम सिलबन्दी गरेर सोमबार १० बजे कार्यालयमा हाजिर हुन पत्राचार गरेका थियौँ । तर, कार्यालयमा उपस्थित भएको छैन,’ राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख उत्तम कुमार घिमिरेले भने, ‘सिल खोलिपाऊ भनेर निवेदन हालेपछि आइतबार गरिएको सिलबन्दी खोलेर अनुसन्धान प्रक्रिया अगाडी बढ्ने हो । तर अनुसन्धानलाई सहयोग गरिएको देखिएन ।’
राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरी ल्याएको कार र चालकलाई नियन्त्रणमा लिएको छ । बीआर ३८ एजी ४५४० नम्बरको भारतीय नम्बरको कार र भारतीय नागरिक हरि रामलाई नियन्त्रणमा लिएको प्रमुख घिमिरेले बताए । राजस्वले नियन्त्रणमा लिएको कार झाको घरबाट चालक र गाडी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको कारको बिलबुक पनि नभएको र राजस्व छली गरी ल्याएको हुनसक्ने भएकोले नियन्त्रणमा लिएको बताएको छ ।
२२ लाखको मूल्याङ्कन गरिएको कार भन्सार स्वीकृत नगरी चोरी पैठारी गरी ल्याएको हुनसक्ने भएकोले अनुसन्धानको लागि नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएको कारमा तस्करी गरी ल्याएको खाद्य पुरका सामाग्री बोक्ने गरेको बुझिएको छ । ‘हामीले यस विषयमा पनि अनुसन्धान सुरु गरेका छौँ,’ उनले भने, ‘झाले खरिद गरेको प्रज्ञापनपत्र र सम्पूर्ण कागजपत्र ल्याएपछि कति राजस्व छली गरेको त्यो खुल्नेछ ।’
स्वास्थ्य क्षेत्रका जानकारले दिएको जानकारी अनुसार झाले भारतमा ५० रुपैयाँ पत्तामा खरिद गर्ने न्युट्रास्युटीकल यहाँ ल्याएर आफैँ मूल्य तोकेर पाँच सयसम्म विक्री गर्दछन् ।
न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष झा म्याद सकिएको खाद्यपूरक सामाग्रीमा नयाँ उत्पादन मिति र लेभल लगाएर आफैँ विक्री गर्ने गरेको प्रहरीले बताएको छ । झाले न्युट्रास्युटीकल बजार पठाउनको लागि तीन तलाको घरको भुईँ र दोस्रो तला गरी तीन वटा कोठालाई गोदाम बनाएर राखेका छन् । उक्त गोदाममा १४ भन्दा बढी प्रकरणका न्युट्रास्युटिकल र अन्य विभिन्न कम्पनीको मल्टिभिटानहरू फेला परेको थियो । प्रहरीले खाद्य पूरक सामाग्रीमा छाप लगाउने ४० वटा स्ट्याप पनि बरामद गरेको छ । उनको साक्षी मेडिलिङ्कमार्फत भारतबाट न्युट्रास्युटीकल सस्तोमा ल्याउने र यहाँ ल्याएपछि आफैँ खरिद गरेको भन्दा दश गुणा बढी मूल्य तोकेर बजार पठाउने गरेको पाइएको हो ।
न्युट्रास्युटीकलका अध्यक्ष झाले विराटनगरसहित पूर्वको विभिन्न सहरहरूमा न्युट्रास्युटीकल सप्लायर्स गर्दै आएका छन् । उनले सबैभन्दा बढी विराटनगरको जलजला मोडमा रहेको अलट फार्मेशीले झाको सप्लायर्सबाट न्युट्रास्युटीकल आयात गर्दछन् । केही समय अगाडि मात्रै झाले अटल फार्मेशीलाई ठुलो परिमाणमा खाद्य पूरक सामाग्री विक्री गरेको बताएका छन् । ‘झाले अटललाई दिएको खाद्य पूरक सामाग्री पनि म्याद सकिएमा नयाँ स्टिकर टास गरी पठाएको भन्ने खुल्न आएको छ । यस विषयमा हामीले अनुसन्धान सुरु गरेका छौँ,’ अनुगमनमा पुगेका एक जना अनुसन्धान अधिकृतले भने ।
स्वास्थ्य क्षेत्रका जानकारले दिएको जानकारी अनुसार झाले भारतमा ५० रुपैयाँ पत्तामा खरिद गर्ने न्युट्रास्युटीकल यहाँ ल्याएर आफैँ मूल्य तोकेर पाँच सयसम्म विक्री गर्दछन् ।
यसरी भएको थियो छापा
भूमि मार्गमा तीन तलाको आफ्नै घरको गोदाममा ५१ वर्षीय न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष विपिन झा आफै संलग्न रहेको सूचना पाएपछि आइतबार प्रहरीले उनको घरमा छापा मारेको थियो । छापा मार्ने क्रममा म्याद सकिएको न्युट्रास्युटीकलको लेभल मेटाएर पुनः नयाँ उत्पादन मिति राखेर विक्री वितरणको लागि ठुलो परिमाणमा खाद्य पूरक सामाग्री बजार पठाउने तयारी थियो ।
मोरङ प्रहरीका प्रहरी निरीक्षक सरोज खनाल र राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रामप्रसाद लुईटेल नेतृत्वको टोलीले झाको घरमा छापा हानेर म्याद सकिएको खाद्य पूरक सामाग्री बजारमा पठाउने तयारी गरेको अवस्थामा बरामद गरेको हो । प्रहरीले खाद्य पूरक सामाग्रीमा छाप लगाउने ४० वटा स्ट्याप पनि बरामद गरेको छ ।
प्रदेश प्रहरी कार्यालय कोशी, जिल्ला प्रहरी कार्यालय मोरङ, र राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले छापा मारेको हो । झाले न्युट्रास्युटीकल बजार पठाउनको लागि तीन तलाको घरको भुईँ र दोस्रो तला गरी तीन वटा कोठालाई गोदाम बनाएर राखेका छन् । उक्त गोदाममा १४ भन्दा बढी प्रकरणका न्युट्रास्युटीकल र अन्य विभिन्न कम्पनीको मल्टिभिटानिहरू फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
मोरङ प्रहरीका प्रहरी निरीक्षक सरोज खनाल र राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रामप्रसाद लुईटेल नेतृत्वको टोलीले झाको घरमा छापा हानेर म्याद सकिएको खाद्य पूरक सामाग्री बजारमा पठाउने तयारी गरेको अवस्थामा बरामद गरेको हो । प्रहरीले खाद्य पूरक सामाग्रीमा छाप लगाउने ४० वटा स्ट्याप पनि बरामद गरेको छ ।
न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष झाले एक दशक अगाडिदेखि न्युट्रास्युटीकल आयात गर्ने सप्लायर्स चलाउँदै आएका छन् । उनको साक्षी मेडिलिंकमार्फत भारतबाट न्युट्रास्युटीकल सस्तोमा ल्याउने र यहाँ ल्याएपछि आफैँ खरिद गरेको भन्दा दश गुणा बढी मूल्य तोकेर बजार पठाउने गरेको पाइएको हो । कतिपय न्युट्रास्युटीकल क्यारिङ गरेर पनि ल्याउने गरेको जानकारहरू बताउँछन् ।
‘कतिपय न्युट्रास्युटीकल भन्सारबाट राजस्व तिरेर ल्याउने गरेका छन् । त्यो भन्दा धेरै भरिया प्रयोग गरेर तस्करी गरी ल्याउने गरेको पाइएको छ,’ यस घटनाको अनुसन्धान गर्दै आएका एक जना अनुसन्धान अधिकृतले भने, ‘आइतबार झाको घरबाट ठुलो परिमाणमा म्याद सकिएको न्युट्रास्युटीकल बरामद गर्नुमा एक जना भरिया पक्राउ गरेपछि पत्ता लागेको हो । तस्करी गरेर न्युट्रास्युटीकल ल्याउने भरियालाई पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा झाको सप्लायर्समा ल्याउने गरेको बताएपछि राजस्व र प्रहरी पुग्दा ठुलो परिमाणमा गोदाममा राखिएको अवस्थामा म्याद सकिएको न्युट्रास्युटीकलमा पुन: नयाँ स्टिकर, उत्पादन मिति र मूल्य तोक्ने स्टिकर आफै लगाउने गरेको पाइएको छ ।’
झाले म्याद सकिएको न्युट्रास्युटीकलको उत्पादन मिति र म्याद सकिएको मिति मेटयाउन केमिकल पनि प्रयोग गर्ने सामान प्रहरीले बरामद गरेको छ । ‘म्याद सकिएको मिति केमिकल प्रयोग गरेपछि नयाँ उत्पादन मिति र मूल्य तोक्ने गरेको पाइएको छ । झाको गोदमबाट मूल्य तोक्ने स्टिकल पनि बरामद भएको छ,’ एक जना अनुसन्धान अधिकृतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता
-
दुर्घटनामा परेर उच्च अदालत पाटनका न्यायाधीश रेग्मी घाइते
-
पश्चिम बङ्गाल तृणमूल कांग्रेसको दुई समूहबिच झडप : एक नेताको गोली हानी हत्या, २ जना गम्भीर
-
देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता
-
फोनपेले नगद लाभांश दिने
-
गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने