माघे सक्रान्ति पर्वले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघे सङ्क्रान्ति पर्वले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको बताएका छन् । उनले यस दिनकाे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गरेका छन् ।
उनले भने–'यो पर्व किसानहरूले नयाँ कृषि सिजनको सुरुवातको रूपमा मनाउँछन्। जाडोयामको अन्त्य र वसन्त ऋतुको आगमनलाई सङ्केत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्दछ।'
माघे सङ्क्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व हो। यसले नेपाली समाजको विविधता, परम्परा, र संस्कृतिको झल्को दिनुका साथै, सबै समुदायबिच आपसी सहकार्य र सद्भावको भावना अझ बलियो बनाउने प्रेरणा दिने प्रचण्डले उल्लेख गरेका छन् ।
'हरेक नयाँ कामको सुरुवात गर्ने र जीवनका चुनौतीहरूको सामना गर्न ऊर्जा प्रदान गर्ने यस पर्वले नेपालमा विविध संस्कृति र समुदायबिच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु' उनले शुभकामना सन्देशमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले प्रदेश सभामा छुद्र बोल्ने विपक्षीको चिन्ता, आश्वस्त बनाउँदै मुख्यमन्त्री
-
कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा
-
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु
-
सांग्रिला क्विजमा सञ्जुकुमारी र सुकीर्ति पहिलो
-
एससीटी–युपिआई कार्ड प्रयोगकर्तालाई शुक्र हाउस अफ डाईग्नोस्टिक्स् सेन्टरमा छुट
-
श्रमिकलाई आत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोषको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री लामा