डोनाल्ड ट्रम्पको ह्वाइटहाउस प्रवेशअघि बाइडेनले गरे आफ्नो बचाउ

काठमाडौं । डोनाल्ड ट्रम्पको ह्वाइटहाउस प्रवेशअघि निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो विदेश नीतिको बचाउ गर्दै अन्तिम भाषण गरेका छन् ।
सोमबार विदेश विभागमा गरेको सम्बोधनका क्रममा बाइडेनले वैश्विक मञ्चमा एक पटक अमेरिकालाई स्थापित गर्न, मानवअधिकारमा केन्द्रित विदेश नीतिलाई अगाडि बढाउन र गठबन्धनलाई एक जुट गर्न आफुले गरेको बाचा पूरा भएको बताए ।
बाइडेनले भाषणमा, ‘हामी एक विभक्ति विन्दुमा छौँ । शीत युद्धपछिको युग समाप्त भएको छ । एक नयाँ युग शुरु भइसकेको छ’ भने । यी चार वर्षमा आफुहरुले ठूलो चुनौति एवं परीक्षाको घडी पार गरेको जिकिर उनले गरेका छन् ।
तर, आलोचकहरुले भने बाइडेन प्रशासनलाई कयौँ अवस्थामा खराब अंक दिएका छन् । विशेषगरी गाजा क्षेत्रमा आक्रमण गरिरहेको इजरायलको पक्षमा देखिएको अमेरिकी समर्थनलाई लिएर बाइडेन प्रशासनको व्यापक आलोचना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि
-
वालिङ-हुवास सडक धमाधम कालोपत्र हुँदै
-
विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनः आग्रह
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’