१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. २५ जना एसएसपीमा बढुवाका लागि सिफारिस
नेपाल प्रहरीको जनपद प्रहरीतर्फ २५ जना एसपीहरुलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो । बढुवा सूचीको पहिलो नम्बरमा रमेश थापा छन् । अजय केसी, अनुपम शम्शेर जवरा, बीरबहादुर बुढामगर र नवराज अधिकारीसहित २५ जना एसएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।
२. कुनै दललाई फुटाउने र मिलाउने मेरो काम होइन ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै दललाई फुटाउने र मिलाउने आफ्नो काम नभएको प्रस्ट पारेका छन् । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले ‘दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुट र नकारात्मकता फैलाइएकोमा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने र फुट्ने दलहरूको आन्तरिक विषय भएको बताए ।
३. थुनछेक बहस नसकिएपछि आज पनि रवि न्यायिक हिरासतमा
काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि रवि लामिछाने सोमबार पनि न्यायिक हिरासतमै पुगेका छन् । अदालतको आदेश अनुसार उनलाई न्यायिक हिरासतमा पठाइएको हो । आइतबार अदालतमा उपस्थित भएका रविलाई लगातार दोस्रो दिन न्यायिक हिरासतमा राखिएको हो ।
४. राष्ट्रपतिले जारी गरे चार अध्यादेश
राष्ट्रपति रामचन्द्र पौडेलले चार अध्यादेश जारी गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सरकारले सिफारिस गरेका चार अध्यादेश जारी गरेका हुन् ।
५.प्रचण्ड पुगे सुकुटे रिसोर्ट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार साँझ सिन्धुपाल्चोकस्थित सुकुटे रिसोर्ट पुगेका छन् । उनले त्यहाँ बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका छन् ।
६. प्रमुख दलहरू अझैसम्म संसदीय दलको उपनेताविहीन
संसदीय निर्वाचन भएको दुई वर्षभन्दा लामो समय बितिसक्दा पनि प्रमुख राजनीतिक दलले संसदीय दलको उपनेता मनोनीत गर्न सकेका छैनन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र संसदीय दलको उपनेताविहीन छन् ।
७. संसदीय समितिको बैठकमा सार्क र बीआरआईबारे चर्चा
संसदीय समितिको बैठकमा सार्क र बीआरआईबारे चर्चा भएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सार्क र बीआरआईबारे चर्चा भएको हो ।
८. सर्कुलर नआउँदा एमालेको ‘जरा केन्द्रित’ अभियानमा अन्योल
संगठन विस्तार अभियान अन्तर्गत माघ, फागुन र चैतमा वडा केन्द्रित तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको नेकपा एमालेले मातहतका कमिटीमा सर्कुलर पठाउन ढिलाइ गरेको छ । जसका कारण मातहतका पार्टी कमिटीले अभियान अघि बढाउन अलमल हुने देखिएको बताएका छन् । एमालेले तीन महिने अभियानलाई ‘जरा केन्द्रित’ अभियानको रूपमा समेत चिनाउने प्रयास गरेको छ ।
९. दलका नेताको नाममा भवन बनाउन राज्यको करोडौँ लगानी
विभिन्न दलका नेताको नाममा खुलेका प्रतिष्ठानहरूबिच भवन निर्माणको होडजस्तै चलेको छ । तर, त्यस्ता भवन निर्माणमा राज्यले नै लगानी गर्दै आएको छ । यद्यपि, बनेका ती भवन कुन प्रयोजनका लागि हो भन्नेबारे समेत अन्योल देखिएको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
१०. मधेस केन्द्रित दलहरूको कार्यदलस्तरीय पहिलो बैठक भोलि
मधेस केन्द्रित दलहरूको मोर्चा अथवा एकताका लागि वार्ता गर्न गठन गरेको कार्यदलको बैठक भोलि ९मंगलबार० बस्ने भएको छ । सत्ताधारी दुई दल कांग्रेस र एमालेले संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने तथा समानुपातिक प्रणाली हटाउन लागेको चर्चा बाहिर आएपछि मधेस केन्द्रित दलहरू एकीकृत हुन थालेका छन् ।
११. जसपा नेपालको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक
जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार जसपा नेपालले आर्थिक वर्ष २०८०/०८१ को पार्टीको आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
१२. बुटवलमा खाना महोत्सव तथा माघी मेला
बुटवलमा सोमबार साँझदेखि माघी मेला तथा खाना महोत्सव २०८१ सुरु भएको छ । रुपन्देही होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको आयोजनमा ‘नेपाली मौलिक संस्कृति र स्थानीय खानाका परिकारको हाम्रो शान, सहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान’ भन्ने नारासहित हुने महोत्सव बुटवलको सिद्धेश्वर माविको मैदान परिसरमा कार्यक्रमको एक बिच आज उद्घाटन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदे अधिवेशनबाट शिक्षा ऐन पारित गराउन कांग्रेस महामन्त्रीलाई ध्यानाकर्षण
-
सुगरका बिरामीका लागि विष हुन् यी पाँच चिज
-
कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ : माधव नेपाल
-
‘विच्याट’मार्फत करोडौँ राजस्व ठगी : व्यापार नेपालमा, भुक्तानी चीनमा
-
विवाह बन्धनमा बाँधिँदै प्रभास, को होलिन् बेहुली ?
-
‘ताण्डवम्’ फागुन ९ मा प्रदर्शन हुने