श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरिएको छ । घरायसी विवादका क्रममा २४ वर्षीया श्रीमती अस्मिता थापामगरलाई गोली हानेर हत्या गरेको भन्दै ३२ वर्षीय डम्बरबहादुर थापामगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले मादकपदार्थ सेवन गरेका थापामगर आफ्नो घरमा रहेको एकनाले भरुवा बन्दुकले छातीमा गोली प्रहार गरी हत्या गरेका जानकारी आएको बताए । लगत्तै प्रहरीचौकी
बागबजारका प्रहरी निरीक्षक चन्द्रसिंह धामीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको र थापामगरलाई घरदेखि करिब दुई सय मिटर टाढा जङ्गलमा भरुवा बन्दुकसहित भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए ।
हाल निजलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता रोममा हुने
-
झरिमा जनजीवन (तस्बिरहरु)
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?
-
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार : निलम्बनको सिफारिसमा को- को परे ? (सूचीसहित)