१० बजे १० समाचार : रवि आज पनि हिरासतमा, प्रचण्ड सुकुटेतिर
आज २०८१ पुस २९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा कुनै दललाई फुटाउने र मिलाउने मेरो काम होइन : ओली, थुनछेक बहस नसकिएपछि आज पनि रवि न्यायिक हिरासतमा, राष्ट्रपतिले जारी गरे चार अध्यादेश, प्रचण्ड पुगे सुकुटे रिसोर्टमा, प्रमुख दलहरू अझैसम्म संसदीय दलको उपनेताविहीन, संसदीय समितिको बैठकमा सार्क र बीआरआईबारे चर्चा लगायत छन् ।
१. कुनै दललाई फुटाउने र मिलाउने मेरो काम होइन : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै दललाई फुटाउने र मिलाउने आफ्नो काम नभएको प्रस्ट पारेका छन् । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले ‘दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुट र नकारात्मकता फैलाइएकोमा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने र फुट्ने दलहरूको आन्तरिक विषय भएको बताए ।
२. थुनछेक बहस नसकिएपछि आज पनि रवि न्यायिक हिरासतमा
काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि रवि लामिछाने सोमबार पनि न्यायिक हिरासतमै पुगेका छन् । अदालतको आदेश अनुसार उनलाई न्यायिक हिरासतमा पठाइएको हो । आइतबार अदालतमा उपस्थित भएका रविलाई लगातार दोस्रो दिन न्यायिक हिरासतमा राखिएको हो ।
३. राष्ट्रपतिले जारी गरे चार अध्यादेश
राष्ट्रपति रामचन्द्र पौडेलले चार अध्यादेश जारी गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले सिफारिस गरेका चार अध्यादेश जारी गरेका हुन् ।
४. प्रचण्ड पुगे सुकुटे रिसोर्टमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार साँझ सिन्धुपाल्चोकस्थित सुकुटे रिसोर्ट पुगेका छन् । उनले त्यहाँ बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका छन् ।
५. प्रमुख दलहरू अझैसम्म संसदीय दलको उपनेताविहीन
संसदीय निर्वाचन भएको दुई वर्षभन्दा लामो समय बितिसक्दा पनि प्रमुख राजनीतिक दलले संसदीय दलको उपनेता मनोनीत गर्न सकेका छैनन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र संसदीय दलको उपनेताविहीन छन् ।
६. संसदीय समितिको बैठकमा सार्क र बीआरआईबारे चर्चा
संसदीय समितिको बैठकमा सार्क र बीआरआईबारे चर्चा भएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सार्क र बीआरआईबारे चर्चा भएको हो ।
७. सर्कुलर नआउँदा एमालेको ‘जरा केन्द्रित’ अभियानमा अन्योल
संगठन विस्तार अभियान अन्तर्गत माघ, फागुन र चैतमा वडा केन्द्रित तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको नेकपा एमालेले मातहतका कमिटीमा सर्कुलर पठाउन ढिलाइ गरेको छ । जसका कारण मातहतका पार्टी कमिटीले अभियान अघि बढाउन अलमल हुने देखिएको बताएका छन् । एमालेले तीन महिने अभियानलाई ‘जरा केन्द्रित’ अभियानको रूपमा समेत चिनाउने प्रयास गरेको छ ।
८. दलका नेताको नाममा भवन बनाउन राज्यको करोडौँ लगानी
विभिन्न दलका नेताको नाममा खुलेका प्रतिष्ठानहरूबिच भवन निर्माणको होडजस्तै चलेको छ । तर, त्यस्ता भवन निर्माणमा राज्यले नै लगानी गर्दै आएको छ । यद्यपि, बनेका ती भवन कुन प्रयोजनका लागि हो भन्नेबारे समेत अन्योल देखिएको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
९. मधेस केन्द्रित दलहरूको कार्यदलस्तरीय पहिलो बैठक भोलि
मधेस केन्द्रित दलहरूको मोर्चा अथवा एकताका लागि वार्ता गर्न गठन गरेको कार्यदलको बैठक भोलि (मंगलबार) बस्ने भएको छ । सत्ताधारी दुई दल कांग्रेस र एमालेले संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने तथा समानुपातिक प्रणाली हटाउन लागेको चर्चा बाहिर आएपछि मधेस केन्द्रित दलहरू एकीकृत हुन थालेका छन् ।
१०. जसपा नेपालको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक
जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार जसपा नेपालले आर्थिक वर्ष २०८०/०८१ को पार्टीको आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु