अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नुपर्दैन : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नु नपर्ने बताएका छन् । सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीलेले खाद्य नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्ने जिम्मा सरकारले लिएको बताए । उनले सरकारले खाद्यान्न ढुवानीमा अनुदान दिँदै आएको बताए । उनले देशभरका नागरिकको सहज र सस्तो मूल्यमा खाद्यान्न प्राप्त गर्न सकुन् भनेर समय समयमा अनुदान दिँदै आएको बताए ।
मन्त्री भण्डारीलेले सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग गर्ने कार्यविधिलाई पास गरेको उल्लेख गर्दै अब सरकारी कार्यालयहरूमा नेपाली कागजको प्रयोग नगरे बेरुजु आउने स्पष्ट पारे । उनले सार्वजनिक निकायमा स्वदेशी वस्तुको मात्र उपभोग गर्ने कार्यविधिलाई कडाइका साथ पालना गर्नुपर्ने बताए ।
उनले भने, ‘संविधानप्रदत्त अधिकार आज आम नेपालीहरूले खाद्य अभावमा बाच्न नपरोस् । खाद्य संवैधानिक अधिकार हो । त्यसलाई पूरा गर्ने परिभाषित जिम्मा सरकारले लिएको छ । सरकारले खाद्यान्न ढुवानीमा केही अनुदान दिएको छ । चाडपर्वलक्षित सहुलियत मूल्यमा अनुदान दिएको छ । दुर्गम भूगोलमा पनि अनुदान दिँदै आएको छ ।’
मन्त्री भण्डारीले विदेशी वस्तुको आयात प्रतिस्थापन गर्दै स्वदेशी वस्तुको उपभोगमा जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए
-
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कुलमानबारे निर्णय हुने सम्भावना
-
कर्णाली प्रदेश सभा : सांसद प्रश्न राखेको राख्यै, मन्त्री जवाफ नदिने