बागमतीका ८ सहकारीलाई बचत फिर्ता गर्न मन्त्री श्रेष्ठको चेतावनी
मकवानपुर । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले समस्या देखिएका ८ सहकारीलाई चेतावनी दिएका छन् । पटकपटक छलफलमा बोलाउँदा नआउने, सहमति अनुसारको निर्णय पालना नगर्ने बागमती प्रदेशका ८ सहकारीलाई मन्त्री श्रेष्ठले अन्तिम चेतावनी दिएका हुन् ।
मन्त्री श्रेष्ठसहित प्रदेशको सहकारी महाशाखाले छलफलमा उपस्थित गराएर ८ वटा सहकारीलाई बचतकर्ताको माग सम्बोधन गर्न निर्देशन दिएका थिए । बचतकर्ताहरूले बचत रकम फिर्ता माग गरे अनुसार उपलब्ध गर्ने वातावरण तयार गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका थिए । बचत रकम फिर्ता नगरे वा सो आधार तयार नगरेको खण्डामा थप छानबिन प्रक्रिया अघि बढाउने चेतावनी दिएको मन्त्री श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठले काठमाडौँको जेष्ठ बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई १५ दिनभित्र सम्पूर्ण सम्पत्तिको विवरण सहकारी महाशाखामा पेस गर्न निर्देशन दिइएका छन् । बचतकर्ताहरूको रकम फिर्ता गर्ने स्पष्ट कार्ययोजनासहित संस्थाको सम्पत्ति विवरण खुल्नेगरी १५ दिनभित्र उपस्थित हुन निर्देशन उनले दिएका हुन् । सो सहकारीले बचतकर्ताको ९ करोड ३७ लाख ९८ हजार रुपैयाँ अपचलन गरेको भन्दै १७ जना बचतकर्ताहरूले महाशाखामा उजुरी दिएका थिए ।
मन्त्री श्रेष्ठले क्यापिटल सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडलाई ७ दिनको समय दिइएको छन् । सो सहकारीविरुद्ध ५५ करोड ४३ लाख ३४ हजार रुपैयाँ बचतफिर्ताको मागदाबीसहित ११० जनाले उजुरी दिएका थिए । सो सहकारीलाई बचतकर्ताको रकम फिर्ताको कार्ययोजनासहित आधारहरू पेस गर्न निर्देशन दिइएको मन्त्री श्रेष्ठले बताए ।
गतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि छिट्टै सहकारी महाशाखाको सम्पर्कमा आउन निर्देशन दिइएको उनले बताए । उक्त सहकारीले ११ करोड २ लाख ६२ हजार ६३७ रुपैयाँ बचत फिर्ताको माग गर्दै १०९ जनाले उजुरी दर्ता गराएका थिए । तर सहकारी सञ्चालकले व्यवास्ता गरेको भन्दै सहकारी महाशाखाले आफ्नो सम्पर्कमा आउन निर्देशन दिइएको हो ।
काठमाडौँको संकटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई संस्थाको सम्पत्ति देखाउने तथा बचतकर्ताको रकम फिर्ता गर्ने प्रमाण पेस गर्न निर्देशन उनले बताए । सहकारी सञ्चालकले २ महिनाभित्र प्रति बचतकर्ता ५ लाख रुपैयाँसम्म बचत फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेकाले सो अनुसारको कार्ययोजना पेस गर्न १५ दिनको म्याद दिइएको उनले बताए । संकटा सहकारीविरुद्ध १४ जनाले ६३ करोड ५ लाख ५८ हजार रुपैयाँ बचत फिर्ताको मागसहित उजुरी दिएका थिए ।
शुक्रपथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सहकारी महाशाखाको सम्पर्कमा आउन पत्र काटिएको छ । २० बचतकर्ताहरूले २ करोड २५ लाख ६ हजार रुपैयाँ फिर्ताको माग गर्दै उजुरी दिएका थिए । ब्रिटिश गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्पत्तिको सम्पूर्ण रेकर्डहरु उपलब्ध गराउन ७ दिनको म्याद दिइएको मन्त्री श्रेष्ठको भनाई छ । २४४ जनाले रकम फिर्ताको माग उक्त सहकारीविरुद्ध उजुरी परेको उनले बताए ।
संघीय सरकारले समेत छानबिन गरिरहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि सम्पत्तिको विवरण पेस गर्न निर्देशन दिइएको मन्त्री श्रेष्ठले बताए । सुविधानगर जगदम्बा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको निरीक्षण भइरहेको उनले बताए । ९३ जना बचतकर्ताले ५ करोड २३ लाख १४ हजार रुपैयाँ बचत फिर्ताको माग गर्दै उजुरी परेको मन्त्री श्रेष्ठले बताए ।
सहकारी व्यवस्थापनमा मन्त्रालय र महाशाखाले क्रिय भूमिका निर्वाह गरिरहेको उनले बताए । आवश्यक प्रमाण र प्रक्रिया पुरा गरेर बचतकर्ताको रकम फिर्ता गर्नेगरी काम भइरहेको उनको भनाई छ । नागरिकको सहज पहुँचबाट काम गर्नेगरी सहकारी क्षेत्रको व्यवस्थापनको कामलाई तीव्र बनाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु