स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन ह्वाइट कलर क्राइमको विशिष्ट नमुना : सुरेन्द्र भण्डारी
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न अभियुक्त रास्वपाका सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ । सोमबार पीडितको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय डा.सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरे ।
त्यसअघि पीडितकै तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित ९ जनाले बहस गरे । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ ।
सहकारी पीडितहरूको तर्फबाट बहस गर्दै डा.सुरेन्द्र भण्डारीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन ह्वाइट कलर क्राइमको टिपिकल (विशिष्ट) नमुना भएको बताए । उनले भने– ‘यो ह्वाइट कलर क्राइमको टिपिकल नमुना हो ।’
न्यायाधीश अधिकारीले सोमबार बहस पुरा गर्ने गरी कानुन व्यवसायीलाई समय छुट्याएका थिए । तर, वरिष्ठ अधिवक्ता भण्डारीले हतारमा सो मुद्दाको सुनुवाइ गर्न नहुने जिकिर गरे । उनले भने– ‘कास्कीमा अघिल्लो दिनको मिति लेखेर आदेश गरिएको विषय निकै गम्भीर रूपमा उठेको छ त्यसैले यो हतार गर्ने विषय होइन ।’
सहकारीबाट कम्पनीले ऋण लिन नपाउने कानुनी व्यवस्था भए पनि गोरखा मिडिया नेटवर्कले ऋण लिनु गैरकानुनी भएको भण्डारीको तर्क छ । इजलासमा उनले भने– ‘धितो नराखीकन ऋण लिन मिल्दैन तर, यहाँ बिना धितो ऋण प्रवाह गरिएको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले जीबी राईलाई ल्याउन खोजेको भनेर गलत अभिव्यक्ति दिएको उनले बताए । इजलासमा भण्डारीले भने– ‘रविका प्रत्येक स्टेटमेन्ट गलत छ, आफ्नो मुकुट उत्रिने डरले उहाँले जीबी राईलाई ल्याउनुभएन ।’
गृहमन्त्री हुँदा जीवी राईलाई ल्याउन भनेर मलेसियाको गृहमन्त्रीलाई फोन गर्नु ‘प्रक्रिया’ नभएको उनले जिकिर गरे । भण्डारीले भने, ‘मलेसियाको गृहमन्त्रीलाई फोन गर्नु प्रक्रिया होइन, उहाँले मलेसियासँग सुपुर्दगी गरेर ल्याउने प्रक्रिया किन गर्नुभएन ?’ रवि लामिछानेलाई थुनामा पठाउनुपर्ने भण्डारीको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु