गरिखाउन् भनेर भरथेग दिएका पार्टीहरूले गरी खाएनन् : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले विधेयक ल्याएर कुनै पनि दल फुटाउने आफ्नो प्रयास नभएको प्रस्ट पारेका छन् । विपक्षी राजनीतिक दलहरूले अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयासमा सरकार लागेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओलीले यसबारे प्रस्ट पारेका हुन् ।
साथै उनले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताए । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले ‘दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुट र नकारात्मकता फैलाइएकोमा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने र फुट्ने दलहरूको आन्तरिक विषय भएको बताएका हुन् ।
‘पार्टी फुटाउन विधेयक ल्याउँदैछ भनेर नकारात्मक हल्ला फैलाइयो । ...अरूका पार्टी फुटाउन निर्लज्ज ढङ्गले विधेयक ल्याउने मेरो चलन छैन’, प्रधानमन्त्रीले यसअघिको घट्नालाई स्मरण गर्दै भने– ‘संविधानको व्यवस्थालाई कानुनमा असम्भव बनाउने गरी आएको थियो त्यसलाई सच्चाउन खोजेको थिएँ ।’
उनले केन्द्रीय कार्यसमितिमा ४० प्रतिशत र संसदीय दलमा ४० प्रतिशत भन्ने उल्लेख भएको भन्दै उक्त व्यवस्थामा केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न लाग्दा त्यसको विरोध भएपछि आफूले फिर्ता गरेको बताए ।
प्रधानमन्त्रीले केन्द्रीय समितिमा ४० प्रतिशत पुग्न लाग्दा अध्यक्षले अर्को पार्टी खडा गर्ने र एकता गरेर रोक्ने भन्दै अलग्गिन चाहनेले सक्दै नसक्ने बताए ।
प्रचण्ड अल्पमतमा पर्दा नारायणकाजी श्रेष्ठलाई रातारात एकता गरेर बहुमतमा पुर्याएको उदाहरण दिँदै ओलीले संवैधानिक व्यवस्थालाई कार्यान्वयन हुन नदिने वन्देजात्मक कानुन रहेकाले त्यो व्यवहारिक नभएको पनि बताए । भारतले विभिन्न अभ्यास गर्दै अहिले ४० प्रतिशत बनाएको भन्दै त्यहाँ र नराखिएको बताए ।
तर आफूले त्यसवेला अध्यादेश ल्याउँदा विरोध गर्नेहरूले नै ‘लाज शरम’ पचाएर २० प्रतिशत सांसदले पनि विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गराउँदै आफू त्यस्तो कुकर्म गर्ने मनसाय नरहेको स्पष्ट पारे । उनले दल विभाजनका लागि जालझेल समेत नगर्ने भन्दै त्यस्तो मनसाय समेत नरहेको दोहोर्याए ।
‘पार्टी फुटायो भोलि मिल्दिन्छन् के गर्नु ?’, ओलीले प्रश्न गर्दै भने, ‘अर्काको पार्टी फुटाउने र मिलाउने मेरो काम हो र ?’ उनले आफू आफ्नो पार्टी चलाउने भन्दै अरू पार्टीले सके गरिखाने नसके आफू केही गर्न नसक्ने बताए ।
‘कति वटा पार्टी छन् मैले गरिखाउन् भनेर भरथेग दिएका, तर गरी खाएनन्’, ओलीले भने, ‘त्यस्ता पार्टीहरूलाई मैले के गरेर टिकाउने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडियो नेपाल र एनटिभी पीएसबीमा रूपान्तरण भएको सन्दर्भमा पूर्वारम्भ कार्यक्रम हुने
-
नुवाकोटको तारुकामा यसवर्ष १४ हल गोरु जुधाइने
-
अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ल प्रहरीको नियन्त्रणमा
-
१० बजे १० समाचार : रवि आज पनि हिरासतमा, प्रचण्ड सुकुटेतिर
-
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी
-
नुवाकोटको तारुकामा यसवर्ष १४ हल गोरु जुधाइने