धूम ४ मा रणवीरको इन्ट्री
मुम्बई । जब बलिउडका लोकप्रिय फ्रेन्चाइज फिल्महरूको उल्लेख गरिन्छ, ‘धूम’लाई बेवास्ता गर्न सकिँदैन। धूम फिल्मका तीन वटा भाग आइसकेका छन्, जसलाई दर्शकको अथाह माया मिलेको छ ।
अहिले धूम ४ को चर्चा छ । धूमको आगामी सिक्वेलमा धेरै चर्चित स्टारको नाम जोडिएको छ । यसैबिच, फिल्मको रिलिज र दिग्गज अभिनेताको प्रवेशको विषयमा नयाँ अपडेट आएको छ।
धूम फ्रन्चाइजीमा खलनायकको भूमिका बारम्बार परिवर्तन भइरहन्छ। यसपटकको धूम ४ मा बलिउडका चर्चित अभिनेता रणवीर कपुरको नाम थपिएको छ । रणवीर कपुरको फिल्म एनिमलले बक्स अफिसमा हलचल मच्चाएको थियो । अब रणवीर कपुर आदित्य चोपडाको फिल्ममा प्रवेश गरेका छन् ।
इन्डिया टुडेको रिपोर्ट अनुसार धूम ४ को सुटिङ अप्रिल २०२६ बाट सुरु हुनेछ। चलचित्रको कथामा काम सुरु भइसकेको छ । फिल्ममा रणवीरसँगै दुई अभिनेत्रीको पनि मुख्य भूमिका रहने बताइएको छ ।
रणवीर कपूरसँग हाल रामायण र लभ एन्ड वार जस्ता फिल्म छन् । यी दुई फिल्म रिलिज भएपछि अभिनेताले धूम ४ मा काम सुरु गर्नेछन् । आदित्य चोपडाको धूम फ्रेन्चाइजीको चौथो किस्ता धेरै हिसाबले विशेष हुने भएको छ । चलचित्रको कास्टिङको काम पनि छिट्टै सुरु हुने रिपोर्टमा दाबी गरिएको छ ।
रणवीर कपुर आगामी दिनमा धेरै प्रतीक्षित चलचित्रको हिस्सा बन्ने भएका छन् । हाल अभिनेता नितेश तिवारी निर्देशित चलचित्र रामायणको छायाङ्कनमा व्यस्त छन् । यो दुई भागमा रिलिज हुनेछ जसको पहिलो भाग २०२६ मा रिलिज हुनेछ। जबकि, यसको दोस्रो भाग सन् २०२७ मा आउनेछ।
यसबाहेक रणवीरसँग फिल्म लभ एन्ड वार पनि छ । यसमा आलिया भट्ट र विक्की कौशल महत्त्वपूर्ण भूमिकामा देखिनेछन् । यो चलचित्र मार्च २०, २०२६ मा हलमा रिलिज हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडियो नेपाल र एनटिभी पीएसबीमा रूपान्तरण भएको सन्दर्भमा पूर्वारम्भ कार्यक्रम हुने
-
नुवाकोटको तारुकामा यसवर्ष १४ हल गोरु जुधाइने
-
अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ल प्रहरीको नियन्त्रणमा
-
१० बजे १० समाचार : रवि आज पनि हिरासतमा, प्रचण्ड सुकुटेतिर
-
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी
-
नुवाकोटको तारुकामा यसवर्ष १४ हल गोरु जुधाइने