रवि लामिछानेलाई दोस्रो दिन पनि न्यायिक हिरासत पठाइयो
सोमबार, २९ पुस २०८१, १७ : ०५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोमबार दोस्रो दिन पनि न्यायिक हिरासतमा पठाइएको छ ।
सोमबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई
बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ ।
प्रहरीले काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
त्रिवि क्रिकेट मैदान : २५ हजार दर्शक क्षमताको प्यारापिट बन्दै
-
इष्टरमा युद्धविरामको घोषणा गरेको रुसले रोकेन हमला
-
राप्रपाका नेताहरूलाई ज्ञानेन्द्रले भने– पुलिसलाई गुलाफको फूल दिनू !
-
९ महिनामा १४ खर्बको व्यापार हुँदा व्यापार घाटा ११ खर्ब नाघ्यो
-
नयाँ गीत ‘यूके लान्छु’ मा सचिन र गरिमाको रोमान्स