सरकारद्वारा सुपारी, केराउ र मरिच आयात व्यवस्थित गर्ने कार्यविधि खारेज
सोमबार, २९ पुस २०८१, १६ : ५५

काठमाडौँ । सरकारले सुपारी, केराउ र मरिच आयातलाई सहज बनाएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उत्पादनमूलक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिच पैठारीलाई व्यवस्थित गर्ने कार्यविधि २०७८ खारेज गर्ने निर्णय गरेको हो ।
साथै सरकारले संयुक्त बजार अनुगमन निर्देशिका २०६९ र सहिद परिवारलाई पेट्रोलियम पदार्थको विक्रेता नियुक्त गर्दा टैंक र ट्रक राख्न प्रदान गर्दा सहुलियत दिने सम्बन्धी कार्यविधि २०६७ खारेज गर्ने निर्णय गरेको छ ।