दुई मन्त्रीको विदेश भ्रमण स्वीकृत
सोमबार, २९ पुस २०८१, १६ : ५१

काठमाडौँ । सरकारले खेलकुद मन्त्री तेजुलाल चौधरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको विदेश भ्रमण स्वीकृत गरेको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८१ माघ ६ गते मलेसियामा आयोजना हुने थारु एनुअल डे एण्ड कल्चरल माघी फेस्टिबल कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन युवा तथा खेलकुद मन्त्री चौधरीलाई स्वीकृति दिएको हो ।
त्यसैगरी २०८१ माघ १६ देखि १७ मा साउदी अरेबियाको रियादम आयोजना हुने मिनिस्टरियल राउण्डटेबल अफ द ग्लोवल लेबर मार्क कन्फ्रेन्समा माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीलाई स्वीकृति प्रदान गरेको हो । बैठकले पारमाणविक पदार्थको नियमन सम्बन्धी निर्देशिका, २०७२ खारेज गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन