निजी आवास पुनर्निर्माणका लागि हिमाली क्षेत्रमा ५ लाख, तराईमा ३ लाख अनुदान दिइने

काठमाडौँ । सरकारले निजी आवास पुनर्निर्माणका लागि ५ लाख रुपैयाँसम्म अनुदान दिने भएको छ ।
आइतबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले सो निर्णय गरेको हो ।
उक्त निर्णयअनुसार तराई क्षेत्रमा ३ लाख, पहाडी क्षेत्रमा ४ लाख र हिमाली क्षेत्रमा ५ लाखका दरले दिइने भएको छ । सो रकम ३ किस्तामा उपलब्ध गरिने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भीष्मकुमार भुसालले बताए ।
साथै यस्ता आवास मर्मतसम्भारका लागि भने लागत हेरेर ५० हजार देखि १ लाख प्रदान गरिने छ । उक्त रकम निकासमा प्राधिकरणले सहजीकरण गर्ने र पालिकामार्फत निजी आवास पुनर्निर्माण गरिने भएको छ । साथै पुनर्निर्माणका लागि आवश्यकताका आधारमा केन्द्र र प्रदेश सरकारबाट जनशक्ति खटाइने छ भने जिल्ला, पालिकाले अनुगमन गर्ने छन् ।
यसैगरी भूकम्पले क्षति पुगेका निजी संरचना तथा आवासको लागत खर्च संघीय सरकारले शतप्रतिशत बेहोर्ने भएको छ । तर, बाढी पहिरो, आगलागीलगायत विपद् बाट क्षतिग्रस्त निजी आवासको हकमा केन्द्रले ५०, प्रदेशले ३० र पालिकाले २० प्रतिशत लागत बेहोर्नुपर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने