तस्बिरमा हेर्नुहोस् इतिहासकै सबैभन्दा ‘महँगो’ आगलागी

क्यालिफोर्निया । अमेरिकाको लस एन्जलिसमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्। उक्त क्षेत्रमा तीव्र हावा चल्ने भएकाले यो साता आगलागी अझै बढ्न सक्ने मौसमविद्को अनुमान छ ।
आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले यो जानकारी दिएका हुन् । अधिकारीहरूले यसअघि १६ जना बेपत्ता भएको बताएका थिए । यस आगलागीका कारण इटन क्षेत्रमा १६ जनाको मृत्यु भएको छ भने पालिसेडेस क्षेत्रमा ६ जनाको मृत्यु भएको छ ।
अग्नि नियन्त्रकले अझै तीन ठाउँमा आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीका कारण सबैभन्दा बढी क्षति पालिसेडमा भएको छ, जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ ।
आइतबार एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमान बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुर्याएको छ।
हेरौँ तस्बिर :
सबै तस्बिरहरु रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएहरू मिलेर अघि बढ्नुपर्छ : राजदूत तुम्बाहाङ्फे
-
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो
-
व्यावसायिक विद्युत उत्पादन मिति थप्न इप्पानको विद्युत् प्राधिकरणसँग माग
-
स्पेनी प्रशिक्षक गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने
-
नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश
-
त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने