जसपा नेपालको आयव्यय सार्वजनिक : कति छ सम्पत्ति ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार जसपा नेपालले आ.ब. २०८०/०८१ को पार्टीको आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षणको प्रतिवेदनलाई पार्टी कार्यालयको बेबसाइट, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
आयोगको कानुन अनुसार पार्टीको लेखा परीक्षण तोकिएको समयावधिभित्रै सार्वजनिक गरिएको सूचना तथा सञ्चार विभागका महेश चौरसियाले जानकारी दिए ।
सार्वजनिक विवरण अनुसार पार्टीको कूल सम्पत्ति २ करोड ४० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । त्यस्तै, पार्टीको नगद मौज्दात १ करोड ३ लाख २७ हजार ९०४ रुपैयाँ रहेको छ ।
पार्टीले ४१ लाख ९९ हजार २०० रुपैयाँ सदस्यता शुल्क तथा नवीकरण र लेभीबाट प्राप्त गरेको उल्लेख छ । त्यस्तै, चन्दाबाट ५ लाख १२ हजार ६५० रुपैयाँ प्राप्त गरेको छ । पार्टीलाई १ लाख ३८ हजार ८२५ रुपैयाँ ऋण रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी