मिथ्या सूचना दिनेलाई कानुनी दायरामा ल्याउनेगरी विधेयक बनाऔँ : प्रमुख सचेतक बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मिथ्या सूचना दिनेलाई कानुनी दायरामा ल्याउने गरी सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक बर्तौलाले पछिल्लो समय सिंगो नेपाली समाज नै मिस इन्फरमेसन र डिसइन्फरमेसनबाट आक्रान्त बनेको बताए । उनले मिथ्या र भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको उल्लेख गरे । आरोप लगाउने तर त्यसको पुष्टि नहुने कुराले समाजलाई विभाजित बनाइरहेको उनले बताए ।
उनले भने, ‘सिंगो नेपाली समाज मिस इन्फरमेसन र डिसइन्फरमेसनबाट टोटल्ली आक्रान्त छौँ । यो चिजलाई कतै न कतैबाट कानुनी दायरामा नल्याउने हो भने यसले समाज नै विभाजित गर्दछ । कसैका बारेमा केही कुरा आरोप लगाइदियो, भन्दियो, भन्दिने मान्छेका बारेमा कुनै पुष्ट्याँई गर्नै पर्दैन ।’
प्रमुख सचेतक बर्तौलाले आम सञ्चार विधेयक अहिले ड्राफ्टको अन्तिम चरणमा रहेको भन्दै विधेयक चाँडो ल्याउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
-
विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
-
म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
-
तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र