उखु किसानलाई चार वर्षमा ४ अर्ब ७ करोड रुपैयाँ अनुदान

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चार वर्षमा ४ अर्ब ७ करोड रुपैयाँ बढी रकम उखु किसानलाई अनुदान दिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८०/०८१ सम्ममा ४ अर्ब ७ करोड २४ लाख २१ हजार रुपैयाँ उखु किसानलाई अनुदान स्वरूप रकम वितरण गरेको हो । सो रकम २ लाख ७४ हजार ५ सय ७७ किसानलाई रकम दिएको मन्त्रालयको दाबी छ ।
गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ३२ करोड ८० लाख ४९ हजार रुपैयाँ ६१ हजार ४५७ जना किसानले प्राप्त गरेका थिए । मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा ९९ करोड ५१ हजार ३४ हजार रुपैयाँ ५२ हजार ९८ किसानलाई उखुको रकम अनुदान दिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा ७७ करोड ९४ लाख ६४ हजार रुपैयाँ ४१ हजार २५ जना किसानलाई दिइएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ९६ करोड ९७ लाख ७३ हजार रुपैयाँ ५१ हजार ४० किसानलाई उखुको रकम अनुदान स्वरूप अनुदान वितरण गरिएको मन्त्रालयको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त