सार्कको प्रगतिबारे सुनिताको प्रश्नमा आरजुको जवाफ : यो हाम्रो हातको कुरा होइन
सोमबार, २९ पुस २०८१, १३ : ३६

काठमाडौँ । सांसद सुनिता बरालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा नेपालले गरेको कामबारे सरकारले प्रस्ट पार्नुपर्ने बताएकी छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय समितिको बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्री आरजु राणासँग सो आग्रह गरेकी हुन् ।
बरालले प्रश्न गरिन्- ‘सार्कमा कति काम गरेका छौँ ? विमस्टेक मात्र भन्दा सार्क ओझेलमा ? यसमा के छ प्रगति ?’
बरालको प्रश्नमा परराष्ष्ट्रमन्त्री राणाले यो आफूहरूको हातमा नरहेको र नेपालका कारण नरोकिएको बताइन् । उनले भनिन्– ‘सार्कको चार्टरमै सबैको सहमति हुनुपर्छ लेखेको छ । मैले सेप्टेम्बरमा भारत जाँदा कुरा उठाएको हो । जयशंकरजीले भन्नुभयो तिम्रो देशमा नागरिक मारेको भए मिटिङ राख्थ्यौ भन्नुभयो, अनि मैले केही भनिन। यो हाम्रो कारणले रोकिएको हैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर