भत्काइयो ऐतिहासिक ‘पोखरा गेट’
पोखरा । पोखराको अमरसिंह चोकस्थित पोखरा गेट भत्काइएको छ । पोखरा–मुग्लिन सडक विस्तारका लागि गेट गएराति भत्काइएको हो । लामो समयदेखि गेट नभत्काउन दबाब सिर्जना गरिएको थियो । तर भत्काउनुको विकल्प नभएपछि हटाइएको हो । गेट भत्काएपछि राप्रपा, स्थानीय युवा क्लब र सरोकारवालाहरूले विरोध जनाएका छन् ।
पोखराको ऐतिहासिक सम्पदा विकल्पबिनै भत्काइएको भन्दै उनीहरू आक्रोशित बनेका हुन् । राप्रपा केन्द्रीय सदस्य अरुण गिरी छापामार शैलीमा गेट हटाइएको आरोप लगाउँछन् । ‘छापामार शैलीमा ऐतिहासिक सम्पदा भत्काइएको छ । यसको हामीहरू घोर विरोध गर्छौं, उनले भने ।’
पोखरा महानगरपालिकाको आह्वानमा गत साता सर्वपक्षीय बैठक बसेको थियो । बैठकले यसबारेमा ठोस निष्कर्ष निकाल्न सकेको थिएन । राजा वीरेन्द्रको शुभराज्यभिषेकका अवसरमा पृथ्वी राजमार्गअन्तर्गत पोखरामा स्वागतार्थ कलात्मक गेट निर्माण गरिएको थियो ।
गेटको माथिल्लो भागमा बुद्ध र शिवको मूर्तिबिचमा श्रीपेजजडित थियो । पोखरा वडा १० का वडासदस्य पूर्णचन्द्र न्यौपानेले पनि ऐतिहासिक सम्पदा जोगाउनुपर्नेमा विना विकल्प गेट भत्काउनु गलत भएको सुनाउँछन् । ‘भत्काउन बाध्यता परे पनि पुरानै शैलीमा पुनर्निर्माणको जिम्मा लिनुपर्छ,’ उनले भने ।
मेयर धनराज आचार्यले गेट उपयुक्त ठाउँमा निर्माण हुने बताए । ‘राजमार्गको काम सकिएपछि उपयुक्त ठाउँमा पोखरा प्रवेशद्वार बनाउँछौँ,’ उनले भने । उनले विकासमा सहयोगको अपिल पनि गरेका छन् । यस सडक खण्डमा ४६ मिटरको सडक बन्ने आयोजनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : बाभुमाको नेतृत्वमा दक्षिण अफ्रिकाको टोली घोषणा
-
संविधान संशोधन मात्र होइन, व्यापक परिवर्तन आवश्यक छः नेकपा माले
-
महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर वितरण गर्ने
-
१५.५४ अंकले घट्यो नेप्से, परिसूचक २५९४ बिन्दुमा
-
भारत–चीन सीमाको अवस्था ‘संवेदनशील तर स्थिर’ : भारतीय सेना प्रमुख
-
कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली