परराष्ट्रमन्त्री राणाद्वारा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा ब्रिफिङ

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको चीन र संयुक्त राष्ट्रसङ्घको भ्रमणबारे जानकारी दिएकी छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री राणाले भ्रमणबारे जानकारी दिएकी हुन् ।
बैठकमा उनले प्रधानमन्त्री ओलीको असोजमा राष्ट्रसङ्घको ७९ औँ महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपालको उपस्थिति मजबुत बनाउन योगदान गरेको बताइन् । उनले भनिन्: ‘यसबाट नेपालको पक्षमा विश्व समुदायको ध्यानाकर्षण गराउन, राष्ट्रिय हित प्रवर्द्धन गर्न गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सशक्त रूपमा प्रस्तुत गर्न योगदान पुगेको छ ।’ प्रधानमन्त्री ओली असोज ४ गतेदेखि १४ गतेसम्म राष्ट्रसङ्घको सभामा सहभागी भएका थिए ।
मन्त्री राणाले प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि २० गतेसम्म भएको चीन भ्रमण पनि उपलब्धिमूलक भएको बताइन् । सो भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच दुई पक्षीय हितका विविध विषयहरूमा छलफल भएको बताउँदै उनले उक्त वार्तामा नेपाल र चीनबिचको सम्बन्ध र सहयोग सम्बन्धी महत्पूर्ण पक्षहरूमा घनिभूत छलफल हुनुका साथै द्विपक्षीय सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई
-
लयमा फर्किँदै वीरगन्ज, नयाँ वर्षमा छैन रौनक (फोटोफिचर )
-
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने
-
नयाँ वर्ष पारेर राजेश हमाल सरे बुढानीलकण्ठस्थित नयाँ घर