माघ महिनाका लागि ७ बैंकले गरे ब्याजदर समायोजन, कुन बैंकमा कति पाइन्छ ?
काठमाडौँ । माघ महिनाका लागि ७ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार माघ महिनाका लागि अधिकांश बैंकले ब्याजदर स्थिर राख्दा ७ बैंकले केही घटबढ गरेका हुन् ।
यसरी ब्याजदर घटबढ गर्ने बैंकहरुमा कृषि विकास बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, हिमालन बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंक रहेका छन् ।
कुन बैंकको ब्याजदर कति ?
- कृषि विकास बैंक
कृषि विकास बैंकले मुद्दती खाताको ब्याजदरलाई ०.५० प्रतिशत विन्दुले बढाएको छ भने बाँकी ब्याजदरलाई स्थिर राखेको छ । माघ महिनाका लागि सो बैंकले बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२६ प्रतिशत र ३.०० प्रतिशत ब्याजदर तोकेको छ । राष्ट्र बैंकले मुद्दती निक्षेपमा हकमा समेत न्यूनतम ३ प्रतिशतको क्याप तोकेपछि बैंकले ब्याजदर बढाएको हो ।
- सिटिजन्स बैंक
सिटिजन्स बैंकले माघ महिनाका लागि मुद्दती खाताको ब्याजदरलाई ०.५० प्रतिशत विन्दुले बढाएको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.०० प्रतिशत दिनेछ ।
- एभरेस्ट बैंक
एभरेस्ट बैंकले बचतको ब्याजदरलाई ०.०५ तथा संस्थागत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएको छ । यस अनुसार माघ महिनाका लागि ३.०५ प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याज दिनेछ ।
- ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ । यस अनुसार माघ महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिनेछ ।
- हिमालयन बैंक
हिमालयन बैंकले यो पटक बचत खाताको ब्याजदरलाई ०.०१ प्रतिशत विन्दुले घटाएको छ भने अरु सबै प्रकारका ब्याजदर यथावत् राखेको छ । माघका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ४.७५ प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
छ ।
- कुमारी बैंक
कुमारी बैंकले यो पटक सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
- लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ । यस अनुसार माघ महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ ।
- माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले यसपटक मुद्दती खाताको ब्याजदरलाई ०.५० प्रतिशत विन्दुले घटाएको छ । बैंकले मंसिर महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिनेछ ।
- नबिल बैंक
नबिल बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई स्थिर राखेको छ । यस अनुसार माघ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।
- नेपाल बैंक
नेपाल बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई स्थिर राखेको छ । यस अनुसार माघ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) सबै प्रकारका खाताको ब्याजदरलाई स्थिर राखेको छ । यस अनुसार माघ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिनेछ ।
- नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाएको छ । अब बैंकले बचत, एकवर्षे व्यक्तिगत र एकवर्षे संस्थागत खाताका लागि लागि क्रमशः ३.०० प्रतिशत, ४.५१ प्रतिशत र ३.५१ प्रतिशत ब्याज दिनेछ ।
- एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले व्यीक्तगत मुद्दती खाताको ब्याजदर बढाएको छ भने अन्य खाताको ब्याजदर यथावत् राखेको छ । अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।
- एनएमबि बैंक
एनएमबि बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदर स्थिर राखेको छ । यस अनुसार माघ महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।
- प्रभु बैंक
प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । यस अनुसार आगामी महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याजदर दिनेछ ।
- प्राइम कमर्सियल बैंक
साधारण बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ । पुस महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत सबै प्रकारका खाताको ब्याजदर यथावत् राखेको छ । उक्त बैंकको ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशतलाई निरन्तरता दिएको हो ।
सानिमा बैंक
सानिमा बैंकले नयाँ महिनाका लागि सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ । माघ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.३० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले नयाँ महिनाका लागि सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ । माघ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ५.५० प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ । माघ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
कुन बैंकमा कति पाइन्छ ब्याज ?
बैंकहरुको यो समायोजनसँगै बैंकहरुमा साधारण बचत खातामा न्यूनतम ३.०० प्रतिशत विन्दुदेखि अधिकतम ३.१० प्रतिशत ब्याज पाइन्छ। त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ४ प्रतिशत देखि अधिकतम ६ प्रतिशतसम्म ब्याज पाइन्छ भने एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ३.०० देखि ४.३० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले तोकेको ३.१० नै बचत खाताको सबैभन्दा धेरै ब्याज हो । व्यक्तिगत मुद्दती खातामा प्राइम कमर्शियल बैंकले तोकेको ६ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ । त्यस्तै, संस्थागत मुद्दती खातामा सानिमा बैंकले तोकेको ४.३० प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया थालिने
-
‘पिताम्बर’को टिजरमा एक्सन र बदलाको कथा
-
समाजवादी मोर्चाको बैठकअघि भोलि कार्यदलको बैठक बस्ने
-
कुनै दललाई फुटाउने र मिलाउने काम मेरो होइन : प्रधानमन्त्री
-
बीआरआई सम्झौताबारे सांसद र मन्त्रीबिच सवाल जवाफ
-
लैङ्गिक समानता एवं सामाजिक समावेशीकरणमा विराटनगर महानगरपालिकाले पायो ७८ अङ्क