रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइयो
![रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइयो](https://npcdn.ratopati.com/media/news/2-rabi-lamichhane3_fWhhuqTNzl.jpg)
काठमाडौँ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ ।
अदालतमा आज लामिछानेको थुनछेक बहस हुनेछ ।
यसअघि आइतबार स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दायर भएपछि जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको थुनछेक बहस हुन नसकेपछि प्रहरीको जिम्मा लगाउने आदेश भएको थियो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।
आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए ।
तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले बहस गर्न नसक्ने भनी इजलासमा कुरा उठाएपछि न्यायिक हिरासतमा पठाउने आदेश भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको रक्षा, पालना र कार्यान्वयन आजको प्राथमिकता : अध्यक्ष दाहाल
-
नारायणको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
बायर्न म्युनिख, क्लब ब्रुग र बेनिफिका च्याम्पियन्स लिगको अन्तिम १६ मा
-
विदेशी मुद्रा कसको मूल्य कति ?
-
एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपीभी खोप
-
च्याम्पियन्स लिग : नकआउट चरणमै टुंगियो एसी मिलानको यात्रा