सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

प्रदेश निजामती सेवा ऐन सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

सोमबार, २९ पुस २०८१, १० : ४१
सोमबार, २९ पुस २०८१

बुटवल । लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवा ऐन सम्बन्धी संशोधन विधेयक २०८० प्रमाणीकरण भएको छ ।  प्रदेश  प्रमुख कृष्णबहादुर घर्ती मगरले ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

उक्त विधेयक पुस १७ गते प्रदेश सभाबाट दोस्रो पटक हुबहु पारित भएको थियो । नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा(१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेस हुन आएको विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले जानकारी दिए ।

चौथो अधिवेशनबाट प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुख समक्ष पठाइएको थियो । 

तर, प्रदेश प्रमुखले त्यो विधेयकलाई प्रमाणीकरण नगरेर सन्देश सहित प्रदेश सभामा फिर्ता पठाएका थिए । प्रदेश सभाले पुनः विधेयकलाई पारित गरेर अघि बढाएपछि प्रदेश प्रमुखले प्रमाणीकरण गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप