आज पनि बढ्यो सुनको मूल्य, तोलामा १ लाख ५६ हजार नजिक

काठमाडौँ । स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य सामान्य वृद्धि भएर तोलामा १ लाख ५६ हजार रुपैयाँ नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य वृद्धि भइरहेको छ । पुस २२ गते तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ३ हजार ८०० रुपैयाँ बढिसकेको छ ।
केही समयअघि सरकारले भन्सार घटाएसँगै सुनको मूल्य ह्वात्तै सस्तिएको थियो । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवा गर्न सिफारिस
-
भोलेनाथको बार तथा नयाँ वर्ष आजका दिन कुन राशिलाई कस्तो फल ?
-
नयाँ वर्षाको मौसम : आज यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
-
नयाँ वर्षको पहिलो दिन यस्तो छ विदेशी मुद्राको दरभाउ
-
नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ