युएनडीओको पहिलो बैठकबाट ६ जना मनोनीत

काठमाडौँ । युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ) को कार्यसमितिमा ५ जना मनोनीत भएका छन् । अध्यक्ष सोनाम लाममाको अध्यक्षतामा बसेको पहिलो बैठकले महिलातर्फ इन्दिरा रोका (अस्ट्रेलिया), सम्वृद्धि गुरुङ (यूके) र सुन्दरी लामा (स्पेन) तथा पुरुषतर्फ इर्साद अहमत (अस्ट्रेलिया), कृष्ण सञ्जेल केसी (यूएसए) र समिम अन्वार (अस्ट्रेलिया)लाई केन्द्रीय कार्यकारी सदस्यका रूपमा मनोनीत गरेको हो ।
संस्थाको विधान अनुसार संस्थाका लागि योग्य, प्रतिबद्ध र प्रेरणादायी व्यक्तित्वहरूलाई केन्द्रीय कार्यकारी सदस्यका रूपमा मनोनीत गरेको अध्यक्ष लामाले जानकारी दिए ।
यसका साथै बैठकले आगामी योजना, संस्था बिस्तार, श्रोत परिचालन र विकास, संस्थाका आन्तरिक लगायत थुप्रै एजेन्डाहरूमा छलफल र निर्णय गरेको महासचिव कुशल केसीले जानकारी दिए ।
नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको एनडीओले हालै पहिलो साधारणसभा गरेर लामाको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो । युएनडीओमा गैरआवासीय नेपाली संघबाट विद्रोह गरेकाहरु रहेका छन् भने एनडीओको सदस्य हुनका लागि विदेशी पासपोर्ट भएका गैरआवासीय नेपाली हुनुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महामन्त्री विश्वप्रकाशले दिए फिल्मको गीतमा संगीत
-
तस्बिरमा यस्तो देखियो पूर्वमिस नेपाल अश्मीको मेहेन्दी समारोह
-
गण्डकीमा कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री सचिवालयले लुट प्रणाली अपनाएको आरोप
-
ला मासियाबाट निखारिएका यी १६ वर्षीय मिडफिल्डरमाथि चर्चित क्लबहरुको आँखा
-
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी