सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

झारखण्ड : प्रधानाध्यापकमाथि छात्राहरूको सर्ट फुकाल्न लगाएको आरोप

सोमबार, २९ पुस २०८१, १० : ०१
सोमबार, २९ पुस २०८१

झारखण्ड । भारतको झारखण्डस्थित धनबाद जिल्लाको एक निजी विद्यालयमा प्रधानाध्यापकको आदेशमा कथित रूपमा धेरै छात्राहरूलाई आफ्नो सर्ट खोल्न लगाइएको घटना बाहिर आएको छ। तर प्रधानाध्यापकले आफूले त्यस्तो कुनै आदेश नदिएको बताएका छन् ।

छात्राहरूले धनबाद जिल्ला मजिस्ट्रेटलाई दिएको लिखित उजुरी अनुसार विद्यालयमा प्रि-बोर्ड परीक्षाको अन्तिम दिन यो घटना भएको हो। छात्राले विद्यालयको सर्टमा एकअर्काको लागि शुभकामना लेखेका थिए । तर, यसो गर्दा विद्यालयको प्रतिष्ठामा आँच आउने भन्दै प्रधानाध्यापकले सबै छात्राले आफ्नो सर्ट विद्यालयमा छाड्नु पर्ने बताए ।

यसपछि केही छात्राले आफैँ सर्ट फुकालेको र कतिपयको सिनियरले सर्ट निकालेको आरोप छ । जिल्ला प्रशासनले सम्पूर्ण घटनाको छानबिन गर्न निर्देशन दिएको छ ।

यस विषयमा छात्राहरू मिडियासामु बोल्न तयार छैनन् । तर, उनका परिवारका सदस्यले यस विषयमा बोलेका छन् ।

विद्यालयमा कक्षा १० को दुवै खण्डसहित जम्मा १२० छात्रा छन् । परीक्षा सकिएपछि करिब २० छात्राहरू घर गए । बाँकी छात्राहरूले ‘पेन डे’ मनाइरहेका थिए । कतिपय छात्राहरू सार्वजनिक यातायातमा ब्लेजर लगाएर घर जान बाध्य भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप