सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय
त्रिवेणीधाममा माधवनारायण मेलाको व्रत सुरु, तस्बिरहरू
फोटोफिचर

त्रिवेणीधाममा माधवनारायण मेलाको व्रत सुरु, तस्बिरहरू

सोमबार, २९ पुस २०८१

काठमाडौँ । भक्तपुर हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि माधवनारायण मेलाको व्रत शुभारम्भ भएको छ। हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु हुन्छ। 

Madavnarayan Brata, Bhaktapur.-454

साँखुको शालिनदीमाभन्दा पहिलादेखि यस मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको स्थानीयको भनाइ छ। माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ। ने.सं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको छ।

Madavnarayan Brata, Bhaktapur.-455

त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले हनुमानघाटमा व्रत बस्ने र स्नान गर्ने आउने गरेका छन्। व्रर्तालुहरु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय बर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागिता जनाउने परम्परा छ।

Madavnarayan Brata, Bhaktapur.-456

व्रर्तालुले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणीखोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुति गरेपछि भक्तपुर नगरका विभिन्न देवालयहरूको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ।

Madavnarayan Brata, Bhaktapur.-457Madavnarayan Brata, Bhaktapur.-458Madavnarayan Brata, Bhaktapur.-459Madavnarayan Brata, Bhaktapur.-460Madavnarayan Brata, Bhaktapur.-461Madavnarayan Brata, Bhaktapur.-462Madavnarayan Brata, Bhaktapur.-463Madavnarayan Brata, Bhaktapur.-464Madavnarayan Brata, Bhaktapur.-465Madavnarayan Brata, Bhaktapur.-466Madavnarayan Brata, Bhaktapur.-467Madavnarayan Brata, Bhaktapur.-468Madavnarayan Brata, Bhaktapur.-469Madavnarayan Brata, Bhaktapur.-470Madavnarayan Brata, Bhaktapur.-471

 तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया