तालिबानले महिलालाई मानव मान्दैन : मलाला युसुफजाई
सोमबार, २९ पुस २०८१, ०७ : ३९

इस्लामाबाद । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले मुस्लिम नेताहरूलाई अफगानिस्तानमा महिलाहरूका लागि तालिवानले बनाएको नीतिलाई चुनौती दिन आग्रह गरेकी छन्। मलालाले भनिन्, ‘सरल शब्दमा भन्नुपर्दा अफगानिस्तानका तालिबानले महिलालाई मानवको रूपमा हेर्दैनन् ।’
इस्लामिक देशमा बालिका शिक्षाका लागि पाकिस्तानले आयोजना गरेको सम्मेलनमा उनले यस्तो बताएका हुन् । मलालाले मुस्लिम नेताहरूलाई तालिवानको नीतिमा 'इस्लामिक केही पनि' नभएको बताएकी छन्।
तालिबानले आफ्ना नीतिहरूमार्फत महिलाहरूलाई अध्ययन र काम गर्नबाट रोकेको छ। २७ वर्षीया मलालालाई १५ वर्षको उमेरमा बालिका शिक्षाको विषयमा खुलेर बोलेको भन्दै तालिवानले टाउकोमा गोली हानेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद राई पक्राउ परेको सदनलाई जानकारी
-
शिक्षकको आन्दोलन, विद्यार्थीको भविष्य र सरकारको अकर्मण्यता
-
रिह्याबमा मृत्यु प्रकरण : सञ्चालकसहित ३ जना पक्राउ
-
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
-
‘रक्सी चोर को ?’ भन्दै संसद्मा जुहारी
-
बालबालिकामा सकारात्मक सोच विकास गर्न शिक्षकहरूको आग्रह