१४ वर्षीया आयरा जाधवको कीर्तिमानी ब्याटिङ, एक दिवसीयमा बनाइन् ३ सय ४६ रन
मुम्बई । मुम्बईकी युवा ब्याटर आयरा जाधवले अन्डर-१९ घरेलु क्रिकेट खेलमा उत्कृष्ट ब्याटिङ गर्दै तेहोरो शतक बनाएर नयाँ कीर्तिमान बनाएकी छिन् । १४ वर्षीया जाधव बीसीसीआई महिला अन्डर-१९ एकदिवसीय क्रिकेट प्रतियोगितामा मुम्बईबाट ओपनिङ गर्न आएकी थिइन् ।
मेघालय विरुद्ध उनले १५७ बलमा अविजित ३ सय ४६ रन बनाए । यो अन्डर-१९ क्रिकेटमा कुनै पनि भारतीय खेलाडी (पुरुष वा महिला) को अहिलेसम्मकै उत्कृष्ट रेकर्ड हो । यसअघि कीर्तिमान महाराष्ट्रकी स्मृति मन्धानाको नाममा थियो ।
बेंगलुरुको अलूर क्रिकेट मैदानमा खेल्दा उनले मेघालयको बलिङलाई ध्वस्त पार्दै ४२ चौका र १६ छक्का प्रहार गरिन्। आयराको इनिङ्समा मुम्बईले निर्धारित ५० ओभरमा तीन विकेट गुमाएर ५६३ रन बनाएको थियो।
यो भारतमा कुनै पनि प्रतियोगिता र कुनै पनि उमेर समूहमा महिला टोलीले बनाएको सर्वाधिक स्कोर हो।
यू-१९ महिला एकदिवसीय कप बैंगलोरको अलूर क्रिकेट मैदानमा खेलाइएको थियो । खेलमा मेघालयले टस जितेर पहिले बलिङ रोजेको थियो । ब्याटिङमा आएको मुम्बईको टोलीले निर्धारित ५० ओभरमा ५६३ रन बनाएको थियो ।
जसमा आयरा जाधवले ३४६ रन, हार्ले गालाले ११६ रन र दीक्षा पवारले ३९ रन जोडिन् । आयराले कप्तान हर्लीको साथमा २७४ रन र दीक्षा पवारको साथमा १८६ रन बनाइन् ।
५६४ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईका बलरहरूले मेघालय टोलीलाई स्वतन्त्र रूपमा खेल्ने मौका दिएनन् र २६ ओभरमा मात्रै सम्पूर्ण टोलीलाई आउट गरिदिए। मेघालयको टोलीले १९ रन मात्रै बनाउन सकेको थियो ।
मुम्बईका बलर जिया मन्द्रावादकर र ययातीले तीन–तीन विकेट लिए भने ऋतिक यादव र अक्षय शिन्देले दुई–दुई विकेट लिए । योसँगै मुम्बईको टोलीले ५ सय ४४ रनको ठूलो अन्तरले खेल जित्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पञ्जाब किंग्सले श्रेयस अय्यरलाई कप्तान बनायो
-
भुटानी अभिनेत्री छोदेन भन्छिन्– ‘नेपाललाई आफ्नै घर फिल गर्छु’
-
कालीमाटी फलफूल तथा तरकारी बजारले माग्यो करारमा कर्मचारी
-
जिल्लामै एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
-
तालिबानले महिलालाई मानव मान्दैन : मलाला युसुफजाई
-
कोशी प्रदेशले माग्यो वन रक्षक पदमा आवेदन