इटालियन सिरी’एमा नापोलीको सहज जित
सोमबार, २९ पुस २०८१, ०५ : १०
काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको नापोलीले सहज जित निकालेको छ । आइतबार राती भएको खेलमा नापोलीले हेल्स भेरोनालाई २-० गोल अन्तरले हराएको हो ।
खेलको पाँचौ मिनेटमा लोरेन्जो मोंटीपोले आत्मघाती गोल उपहार दिए भने दोस्रो हाफ पछि जाम्बो एङगुइसाले एक गोल गरे । योसँगै शीर्ष स्थानको नापोलीले थप अग्रता लिएको छ ।
नापोलीको २० खेलबाट ४७ अंक भएको छ भने १८ खेल खेलेको इन्टर मिलानको ४३ अंक भएको छ । तेस्रो स्थानको एटलान्टाको भने १९ खेलबाट ४२ अंक छ ।