सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

एलएको आगलागीमा अहिलेसम्म १६ जनाको मृत्यु, खतरा उस्तै

सोमबार, २९ पुस २०८१, ०१ : ०४
सोमबार, २९ पुस २०८१

काठमाडौं । अमेरिकाको लस एन्जेलसमा आगलागीको खतरा अझै नटरेको बताइएको छ । कम्तिमा पनि १६ जनाको मृत्यु भइसकेको एन्जेलस शहर अझै अग्निबाट भयमुक्त हुन नसकेको अग्निनियन्त्रक कर्मचारीहरुले बताएका छन् । 

घटनास्थलमा खटिएका अधिकारीहरुका अनुसार अग्नि नियन्त्रक कर्मचारीहरु एन्जेलस नेशनल फरेस्टमा भड्कीएको नयाँ डढेलोसँग निपटीरहेका छन् । जहाँ मिलार्ड झरनासँगै लोकप्रिय पर्वतारोहण समेत रहेको बताइन्छ । जुन अहिले हड्डी जस्तै सुख्खा देखिएको बताइएको छ । 

एलएका अग्निशमन प्रमुखका अनुसार तीब्र रुपमा चलेको हावाको अर्थ आगोको अधिक खतरा भन्ने बुझ्नु पर्नेहुन्छ । उनले खोज तथा वचाउ अभियानका दौरान थप तीन जना मृत भेटिएको समेत जानकारी दिएका छन् । 

एलएमा लागेका तीन डढेलो मध्ये एउटा पूर्ण नियन्त्रणमा आएको र अन्य दुई डढेलो नियन्त्रणको प्रयास जारी रहेको अधिकारीहरुले बताएका छन् । एलएका मेयर करेन बासले अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अग्नि प्रभावित क्षेत्रको अवलोकन भ्रमण गर्ने अपेक्षा व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप