सफ्टवेरिका कलेजका ४०० विद्यार्थी दीक्षित
काठमाडौँ । नेपालमा बेलायती शैक्षिक संस्था कोभेन्ट्री विश्वविद्यालयको कार्यक्रम अध्यापन गराउने सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले ४०० विद्यार्थीहरूलाई दीक्षित गरेको छ । शनिवार हात रिजेन्सीमा भएको एक कार्यक्रममा कलेजले स्नातक र स्नातकोत्तर तहका हालै उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।
दीक्षान्त समारोहमा बोल्दै क्याम्पस प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीहरू अब आत्मनिर्भर हुन सक्ने बताए । अहिलेसम्म आफ्नो खर्चका लागि अभिभावकलाई गुहार गर्नु परेता पनि अब विद्यार्थी स्वयंले आफ्नो खर्च व्यवस्थापन गर्न सक्ने उनको भनाइ थियो ।
‘अब विद्यार्थीले परिवारलाई खर्चका लागि गुहार गर्नुपर्दैन । उनीहरूले अहिलेसम्म कलेजमा जे सिकेका छन्, त्यसले जहाँ गए पनि उनीहरूलाई आर्थिक प्रगति गर्न निकै सहयोग गर्ने छ,’ कार्यक्रममा उनले भने ।
त्यस्तै उनले विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै समस्याहरूमा नै अवसर पाउन सकिने बताए । सफ्टवेरिका कलेज पनि समस्याहरूको समाधान गर्ने क्रममा स्थापना भएको उनको भनाइ थियो । साथै विदेश गएता पनि विद्यार्थीहरूलाई नेपालमा फर्केर देशका लागि योगदान गर्न उनले आग्रह गरे ।
यसैगरी कोभेन्ट्री विश्वविद्यालयका उपप्रमुख डा.रेडा अल बोडुरले दीक्षान्त समारोहको महत्व र यसपछिको यात्राबारे बताए । उनले विद्यार्थीहरूले सबै कठिनाइहरू पार गर्दै यहाँसम्म आइपुगेको तथ्यलाई उजागर गरे । ‘दीक्षान्त समारोह भनेको विद्यार्थीहरूले आफ्नो सम्पूर्ण समस्याहरूलाई पराजित गरेको प्रमाण हो । यो यात्रा अभिभावक र संरक्षकहरूको सहयोग बिना पूरा हुँदैन थियो,’ उनले भने ।
यसका साथै कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभाका उपसभामुख माननीय इन्दिरा राणा मगरले समेत विद्यार्थीहरूलाई आफ्नै देशमा आग्रह गरिन् । देशमा नै प्रशस्त अवसर रहेको कुरा बताउँदै उनले विद्यार्थीहरूलाई आफ्नो समाज र देशलाई सेवा गर्नुपर्ने धारणा राखिन् ।
‘हाम्रो समाज विविधतापूर्ण छ । तपाईं (विद्यार्थी) हरूले विदेशमा काम गर्न त्यहाँ नै इरहनु जरुरी छैन । नेपालमा नै बसेर तपाईंहरूले संसारभर काम गर्न सक्नुहुन्छ,’ उनले भनिन्, ‘तर तपाईंले आफ्नो समय भने व्यवस्थापन गर्नुपर्छ ।
विश्वव्यापीकरणको समयमा तपाईं ‘आर्मी’ जस्तै भएर काम गर्नुपर्ने हुन्छ ।’ यस दीक्षान्त समारोहमा विश्वविद्यालयका प्रतिनिधि, कलेजका प्रतिनिधि, अभिभावक, विद्यार्थी आदिको उपस्थिति रहेको थियो । यसअघि दीक्षित भइसकेका अधिकांश विद्यार्थीहरू आत्मनिर्भर भइसकेको कलेजको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए मा इन्टर मिलान विजयी
-
एटलेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा
-
एलएको आगलागीमा अहिलेसम्म १६ जनाको मृत्यु, खतरा उस्तै
-
युरोप पुग्नथाल्यो कर्णालीको अदुवा र बेसार
-
१२ बजे, १२ समाचार : काठमाडौं जिल्ला अदालत उपस्थित भएका रवि फेरि प्रहरी हिरासतमादेखि टियू अन्तर्गतका २४ क्याम्पस प्रमुखको नियुक्तिसम्म
-
चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द