जेमिमाहको शतकसँगै भारतलाई शृङ्खला

राजकोट । भारतीय महिला टोलीले आयरल्याण्ड विरुद्धको एकदिवसीय सिरिज जितेको छ । आइतबार भएको दोस्रो एकदिवसीय खेलमा टोली ११६ रनले विजयी भएको हो ।
यो जितसँगै टोलीले ३ खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । सिरिजको तेस्रो खेल १५ जनवरीमा राजकोटमा हुनेछ ।
भारतीय टोलीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३७० रन बनायो । जवाफमा आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५४ रन मात्रै बनाउन सक्यो ।
३ सय ७१ रनको लक्ष्य पछ्याएको आयरल्याण्डको टोलीको सुरुवात खराब रह्यो । टोलीले ३२ रनमा ओपनर ग्याबी लुइसको विकेट गुमाएको थियो । उनले १९ बलमा १२ रन मात्रै बनाउन सकिन । टिमले पावरप्लेको पहिलो १० ओभरमा एक विकेट गुमाएर ४० रन बनायो ।
पहिलो विकेट प्रारम्भमा गुमाएपछि ओपनर सारा फोर्ब्स र क्रिस्टिना कुल्टर रेलीले आयरिश इनिङ्सको जिम्मा लिइन्। दुवैले दोस्रो विकेटका लागि ८० बलमा ५५ रनको साझेदारी गरे ।
सारा आउट भएपछि रेलीले इनिङ्सलाई निरन्तरता दिइन् । उनले लौरा डेलानीसँग ५० रनको साझेदारी गरिन् । रेलीले ११३ बलमा ८० रन बनाइन् भने डेलानीले ३७ रनको योगदान दिइन् ।
भारतका लागि दीप्ती शर्माले ३ विकेट लिएकी थिइन् । प्रिया मिश्राले २ विकेट लिइन् ।
टस जितेर ब्याटिङ गरेको भारतीय टोलीलाई ओपनर स्मृति मन्धना र प्रतिका रावलले बलियो सुरुवात गराए । दुवैले १५६ रनको ओपनिङ पार्टनरसिप गरे ।
स्मृति मन्धाना ५४ बलमा ७३ रन बनाएर आउट भइन् । त्यसपछि २० औँ ओभरको पहिलो बलमा रावल एलबीडब्लूको फन्दामा परिन् । रावलले ६१ बलमा ६७ रन बनाइन् ।
ओपनर गुमाएपछि हरलिन देओलले जेमिमाह रोड्रिगेजसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेकी थिइन् । दुवैले १६८ बलमा १८३ रन जोडे। यो साझेदारीले टोलीको स्कोर ३ सय नाघेको थियो ।
भारतीय टोलीका लागि जेमिमाह रोड्रिगेजले शतकीय पारी खेलिन् । उनले १ सय २ रन जोडिन् । उनी खेलको प्लेयर अफ द म्याच चुनिइन् । देओलले ८९ रनको योगदान दिइन् । आयरल्याण्डका लागि ओर्ला प्रेन्डरगास्ट र अर्लेन केलीले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)