सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला एसेज : अस्ट्रेलियाले ४ विकेटले जित्यो पहिलो खेल

आइतबार, २८ पुस २०८१, २० : ०५
आइतबार, २८ पुस २०८१

सिड्नी । महिला एसेज क्रिकेटको पहिलो एकदिवसीय खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । सिड्नीमा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको  इंग्ल्याण्ड २०४ रन बनाएर अलआउट भयो । जवाफमा अस्ट्रेलियाले ३९ औँ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

आइतबार भएको खेलमा इंग्ल्यान्डको खराब सुरुवात खराब रह्यो । माइया बाउचर ९ रन र ट्यामी ब्युमन्ट १३ रन बनाएर आउट भए । 

त्यसपछि कप्तान हेथर नाइटले ३९, नेट सिभर ब्रन्टले १९ र ड्यानी व्याट होजले ३८ रन बनाएर स्कोर १०० को नजिक पुर्‍याएका थिए । एमी जोन्स ३१ रन बनाएर आउट भएपछि टोली धराशयी भयो ।

इंग्ल्याण्डको टोलीको स्कोर १४६/४ बाट २०४/१० पुग्यो । सोफी एक्लेस्टनले अन्तिममा १६ रन बनाइन् । अस्ट्रेलियाकी एस्ले गार्डनरले ३ विकेट लिइन् । किम गार्थ, अन्नाबेल सदरल्याण्ड र इलाना किङले २–२ विकेट लिए । १ सफलता डार्सी ब्राउनले पाइन्।

२०५ रनको लक्ष्यको पछ्याएको सुरुमा अस्ट्रेलियाले २ विकेट गुमाएको थियो । फोबी लिचफिल्ड र एलिस पेरी क्रमशः ४ रन मात्र बनाएर आउट भएका थिए । त्यसपछि कप्तान एलिसा हिलीले बेथ मुनीसँग अर्धशतकीय साझेदारी गर्दै स्कोरलाई १०० रनभन्दा माथि पुर्‍याइन् । मुनी २८ रन बनाएर आउट भए पछि सदरल्याण्डले पनि १० रन मात्र बनाउन सकिन् ।

हेली ७० रन बनाएर आउट भइन् । उनीपछि ताहलिया म्याकग्राले पनि २ रन मात्र बनाउन सकेकी थिइन् । एस्ले गार्डनर एक छेउमा स्थिर रहेकी थिइन् र अन्तमा उनले इलाना किंगसँग मिलेर ३८.५ ओभरमा ६ विकेटको क्षतिमा टिमलाई जित दिलाएकी थिइन् । गार्डनरले ४२ र इलानाले ११ रन जोडिन् । 

इंग्ल्याण्डका लागि एक्लेस्टन र लरेन फिलरले २–२ विकेट लिए भने लरेन बेल र चार्ली डीनले १–१ विकेट लिए ।

पहिलो एकदिवसीयमा जितसँगै अस्ट्रेलियाले सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल जनवरी १४ मा मेलबर्नमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप