सिद्धार्थ बैंकले नगद लाभांश दिने

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा आइतबार सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारण सभाले बैंकको चुक्ता पुँजी रु. १४,०८,९९,८०,१८५ /- को ४ प्रतिशतका दरले हुने रु. ५६,३५,९९,२०८/- नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, सभाले एसबीएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।
साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया ( प्रतिनिधि-लेभरेज होल्डिङ्ग्स प्रा. लि. र भोजन अर्याल (प्रतिनिधि - रिनुवल इन्भेष्टमेन्ट प्रा. लि. ) निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक
-
संसदीय समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने
-
सर्लाहीमा दिनदहाडै २२ लाख बराबरको चोरी
-
फेरि ३५ अर्ब खिच्दै राष्ट्र बैंक
-
गाजामा इजरायलको आक्रमण, एक पत्रकारसहित दुई जनाको मृत्यु
-
....अनि मन्त्रिपरिषद् बैठकमा मोबाइल लैजान बन्द