बुटवलमा सडक खाना महोत्सव हुँदै
बुटवल । ‘नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकारहरू हाम्रो सान, सहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान‘ भन्ने मूल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ।
रुपन्देही होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म हुने बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
संघका अध्यक्ष लेखनाथ भण्डारीले २०७५ सालदेखि सडक खाना महोत्सव गराएर स्थानीय पर्यटकहरूलाई आफ्नै स्थानमा पर्यटनको माध्यमबाट योगदान दिँदै आएको बताए। बुटवल सिद्धेश्वर मैदानमा हुने महोत्सवमा ७० वटा स्टलमा रैथाने खानाका परिकारहरू पस्कने बताए ।
महोत्सवमा संस्कृति जगेर्ना प्रवर्द्धन हुने गरी जातजातिको झाँकी र सांस्कृतिक नृत्य प्रस्तुत गरिने छ । थारु, मगर, नेवार, भजनकृत जस्ता विविधता दिने गरी कार्यक्रम गरिने उनले बताए। यसै गरी राष्ट्रिय कलाकारको साथमा डिजेसम्मका प्रस्तुति रहने उनले बताए।
यसै गरी स्थानीय लोक दोहोरी कलाकारहरूबाट विविध सांस्कृतिक कार्यक्रम समेत गरिने उनले बताए। सडक खाना महोत्सवलाई ब्रान्ड बनाएको बेला पछिल्लो समय नयाँ ढङ्गबाट चाडपर्वलाई प्रवर्द्धन हुने गरी कार्यक्रम गर्न लागेको उनको भनाई थियो । माघेसक्रान्तीको दिन चार धामको जल ल्याएर स्नानको व्यवस्था, सेल्फी जोनको समेत व्यवस्था गरिनेछ ।
पर्यटन प्रवर्द्धन हुने गरी रोमाकान्त पाण्डेको संयोजकत्वमा कार्यशाला गोष्ठी समेत गरिने प्रचारप्रसार संयोजक अर्जुन पोखरेलले बताए । यसै गरी सामाजिक उत्तरदायित्व अन्तरगत माघ २ गते चौराहा हस्पिटलको प्राविधिक सहयोगमा बृहत् रक्तदान र स्वास्थ्य शिविर समेत आयोजना गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : काठमाडौं जिल्ला अदालत उपस्थित भएका रवि फेरि प्रहरी हिरासतमादेखि टियू अन्तर्गतका २४ क्याम्पस प्रमुखको नियुक्तिसम्म
-
चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द
-
केही सञ्चारमाध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत
-
ललितपुर महानगरद्वारा पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति
-
यस्ता छन् नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर–सरकारी समिति बैठकका निर्णय
-
त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न २४ वटा क्याम्पसका क्याम्पस प्रमुख नियुक्त