कृषि बीमामा चार वर्षमा साढे ५० करोड रुपैयाँ अनुदान

काठमाडौँ । सरकारले चार वर्षमा कृषि बीमामा करिब साढे ५० करोड रुपैयाँ अनुदान दिएको छ । आइतबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म गरी ५० करोड रुपैयाँ ४८ लाख ८३ हजार रुपैयाँ बीमामा अनुदान दिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । चार वर्षमा २१ हजार २५५ कृषकले सो रकम अनुदान प्राप्त गरेका छन् ।
गत आर्थिक वर्षमा १४ सय ५८ कृषकले १३ करोड २४ लाख ०५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, आर्थिक वर्ष २०७९/८० मा ७५ सय ९० जना किसानले १४ करोड ९ लाख ४८ हजार रुपैयाँ किसानले अनुदान वापत प्राप्त गरेका छन् ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ७२ सय २२ जना किसानले १३ करोड ८९ लाख ५५ हजार रुपैयाँ कृषि बीमा अनुदान वापत प्राप्त गरेका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा ४९ सय ८५ जना किसानले ९ करोड २५ लाख ७५ हजार रुपैयाँ कृषि बीमाबाट अनुदान रकम प्राप्त गरेको मन्त्रालयको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने
-
असल अभ्यास आदानप्रदान गर्न स्थानीय निकायबिच समन्वय हुनुपर्छ : महर्जन
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न साइकलमैत्री कानुनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर