सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म्याग्दी महोत्सवमा कुँवर सम्मानित

आइतबार, २८ पुस २०८१, १९ : ४९
आइतबार, २८ पुस २०८१

काठमाडौँ । आठौँ म्याग्दी महोत्सव तथा माघेसंक्रान्ति मेलाको अवसरमा एनआरएनए अभियन्ता तथा दक्षिण कोरियामा स्थापित व्यवसायी विनोद कुँवर सम्मानित भएका छन् । 

आइतबार उनलाई पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रशंशापत्रका साथ दोसल्ला ओढाएर सम्मानित गरेका हुन् । 

म्याग्दी जिल्ला, बेनी नगरपालिका वडा नम्बर ४, डाँडाखेतमा जन्मिएका कुँवरले दक्षिण कोरियालाई कर्मथलो बनाएर व्यापार, व्यवसाय गर्नुका साथै समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् । 

कुँवरले भूकम्प र कोभिड महामारीका कठिन समयमा राहत वितरण, स्वास्थ्य शिविर र अन्य मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गरेका थिए। कुँवरले विदेशमा सिकेको ज्ञान र अनुभवलाई नेपालमा उपयोग गर्नुपर्ने भन्दै सोहीअनुसार नेपालमा पनि लगानी गर्दै आएका छन् । 

सम्मान समारोहमा अध्यक्ष कुँवरले एनआरएनहरूको नागरिकता र सम्पत्ति खरिदसम्बन्धी रोकिएको कार्यविधिलाई शीघ्र समाधान गर्न नेपाल सरकारलाई आग्रह गरे। उनले यस विषयमा प्रवासी नेपालीहरूको गम्भीर चासो रहेको उल्लेख गर्दै भने, ‘यो समस्या समाधान भएमा विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी र विकासका कार्यहरू गर्न थप उत्साहित हुनेछन् ।’

यस्तै उनले सरकारले अध्यादेशमार्फत गैरआवासीय नेपालीको सन्दर्भमा ल्याएको प्रावधान सच्याउनुपर्नेमा जोड दिए । गैरआवासीय नेपाली नागरिकता दिएर सरकारले भिसाको व्यवस्था गर्न खोज्नु गलत रहेको उनको भनाइ छ । एक पटकको नेपाली सधैँको नेपाली हुनुपर्ने आफ्नो धारणा रहेको बताउँदै उनले गैरआवासीय नागरिकता दिएकाले सरकारले राजनीतिकबाहेक सबै अधिकार दिएर १० वर्षे भिसाको प्रावधान हटाउनुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप