काठमाडौँ भ्यूटावरको नक्सा पास निष्क्रिय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यूटावरको नक्सा पास निष्क्रिय गरेको छ । आइतबार एक सूचना जारी गर्दै महानगरले काठमाडौँ भ्यूटावरको नक्सा पासको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन प्राप्त भएर निर्णय नभएसम्मका लागि भवनको नक्सा पास निष्क्रिय रहेको जनाएको हो ।
सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा. लि. बिच मिति २०७१।११।२२ मा काठमाडौँ महानगरपालिका वडा नं. २८ पुरानो बसपार्कमा काठमाडौँ भ्यूटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रा.लि.बाट निर्माण हुँदै गरेको काठमाडौँ भ्यूटावर भवनको नक्सा पासको सम्बन्धमा छानबिन समिति गठन भई छानविनको कार्य भइरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मको लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको ब्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ ।’
यसअघि महानगरले पुरानो बसपार्कमा निर्माणाधीन अवस्थामा रहेको भ्यूटावरसँग जोडिएपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाही सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा