सरकारले माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउँदै

काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभागले आगामी माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आइतबार विभागले पत्रकार सम्मेलन गर्दै ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भूकम्प सुरक्षा दिवस मनाउन लागेको जानकारी दिएको हो ।
विभागका अनुसार यस दिवसको मूल समारोहको कार्यक्रम कीर्तिपुर नगरपालिकास्थित बिपी कोइराला मेमोरियल विज्ञान संग्रालय परिसरमा आयोजना गरिनेछ । यस दिन कीर्तिपुर क्षेत्रमा विभिन्न संस्थाहरूले लामबद्ध भई भूकम्प सुरक्षा र्यालीलीमा भाग लिनेछन् । कीर्तिपुरको पाँगा दोबाटोबाट सुरु भएर उक्त र्याली पाँगा बसपार्क, लाछी भ्यावं, नगाउँ, खसी बजार, बाघ भैरव मन्दिर, इट्टाछे, मंगल स्कुल, नगरपालिका भवन हुँदै कार्यक्रम स्थल आइपुग्ने छ ।
कार्यक्रम स्थलमा दुई दिने भूकम्प सुरक्षा प्रदर्शनी कार्यक्रमको आयोजना गरिने र सो कार्यक्रममा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुको पनि सहभागिता रहने विभागले जनाएको छ ।
भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा मूल समारोहको कार्यक्रम बाहेक विभिन्न निकायहरूको सक्रियतामा प्रदेश तथा स्थानीय तह लगायत देशभरि नै गोष्ठी, छलफल, र्याली, अन्तर्क्रिया, प्रदर्शनी, प्रतियोगिता कार्यक्रम, रक्तदान, सडक नाटक, अडियो भिडियो कार्यक्रमहरू लगायतका विभिन्न प्रचारप्रसारका कार्यक्रमहरू आयोजना हुने पनि विभागले जनाएको छ ।
वि.सं. १९९० साल माघ २ गते २ बजेर २४ मिनेटमा गएको महाभूकम्पको स्मृतिमा नेपालमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा
-
अर्थतन्त्र सुधारका प्रयासहरू सकारात्मक छन्, तर यतिले मात्रै पुग्दैन : अध्यक्ष ढकाल
-
राजनीतिक संयन्त्रको कुरा सरकारले नटेरेको गगनको गुनासो
-
विदेशी फिल्मको दबदबा : नेपाली भन्दा ४० प्रतिसत बढी विदेशी फिल्म प्रदर्शन
-
ट्रम्प ट्यारिफबारे चीनको प्रतिक्रिया : हामी पछि हट्ने छैनौँ
-
शिक्षक आन्दोलनले बानेश्वरमा सडक आवागमन प्रभावित, तस्बिरहरू