वामदेवले एमाले र माओवादीसँग वार्ता गर्ने

काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानले अध्यक्ष वामदेव गौतमको नेतृत्वमा वार्ता कमिटी गठन गरेको छ ।
शनिबार बसेको अभियानको बैठकले गौतमको नेतृत्वमा ६ सदस्यीय वार्ता कमिटी गठन गरेको हो ।
नेता गौतमका अनुसार वार्ता कमिटीमा अभियानका उपाध्यक्षहरू महेन्द्र अर्याल,डिल्लीराज भट्टराई, महासचिव डीबी कार्की, सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला रहेका छन् ।
‘हामी तीनवटै पार्टीसँग वार्ता गर्ने भएका छौ । एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एकताका लागि वार्ता गर्न केन्द्रीय कमिटी बैठकले वार्ता कमिटी गठन गरेको छ’, गौतमको भनाइ छ । उनले आवश्यकता अनुसार वार्ता कमिटीले तीनवटै पार्टीसँग औपचारिक वार्ता गर्दै जाने बताए । ‘यसअघि हामीले अनौपचारिक ढंगले विभिन्न पार्टीसँग वार्ता गरेका थियौँ, अव औपचारिक वार्ता हुन्छ ।’
गौतमले यसअघि नेकपा एकीकृत समाजवादीसँग एकताका लागि पटक पटक वार्ता गरेका थिए । वार्ताका क्रममा गौतमलाई वरिष्ठ नेता बनाउन सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल समेत तयार भैसकेको थिए । तर पछिल्लो समय फेरि तीनवटै पार्टीसँग एकता गर्न वार्ता कमिटी गठन गरेपछि एकीकृत समाजवादीसँग तत्काल एकता नहुने देखिएको छ । गौतमले एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता गर्ने भनेर आफुहरुले नभनेको बताए ।
‘हामीले एकीकृत समाजवादीसँग तत्काल एकता गर्छौ भनेका थिएनौँ । बैठक बसेर निर्णय गर्छौ भनेका थियौ’, गौतमले भने,‘अव हाम्रो बैठकको निर्णय र आवश्यकता अनुसार अघि बढ्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक