संसदीय समितिको बैठकमा सांसदहरु नआएपछि बैठक सञ्चालनमा समस्या

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिका सभापति सन्तोष चालिसेले समिति बैठकमा गणपूरक संख्या नपुग्दा अफ्ठ्यारो परेको गुनासो गरेका छन् ।
आइतवार सिंहदरबारमा बसेको अर्थसमिति बैठकमा भएको भन्सार ऐनका विषयमा सरोकारवाला निकायहरुसँगको छलफलमा समयमा सांसदहरु उपस्थित नहुँदा १५ मिनेटका लागि बैठक स्थिगित गरेर दोस्रो बैठक बसेको हो ।
बैठकपछि सांसदहरुसँग गुनासो गर्दै अर्थसमितिमा आएका विधेयकहरुको जिम्मा सभापतिको मात्रै नभएको भन्दै सबै सदस्यहरुको दायित्व भएको स्मरण गराए । उनले चार दिनअघि बैठकको जानकारी दिँदा पनि एक तिहाई सांसद पनि बैठकमा उपस्थित नहुँदा बैठक सञ्चालनमा समस्या भएको गुनासो गरे । उनले समयमा सांसदहरु बैठकमा जानकारी गराउने विषयमा सबै पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गर्ने जानकारी दिए ।
उनले समितिमा अहिलेसम्म ५८ भन्दा बढी उजुरी परेको बताए । समितिले उजुरीको विषयमा उपसमिति बनाएर काम गर्नेगरी अघि बढेको बताए । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल