रवि लामिछानेको आज थुनछेक बहस भएन
_KJnUTlzQzr.jpg)
काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा जिल्ला अदालतमा उपस्थित भएका रास्वपा सभापति रवि लामिछानेको आज बहस भएन । आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पेसी तोकिएको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए । तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनि इजलासमा उठाए ।
जिल्ला न्यायाधिवक्ता चन्द्र सञ्जेलसहितको टोलीले लामिछानेको बयान आज अध्ययन गर्ने र सोमबारमात्र आफूहरूले थुनछेक बहस गर्ने बताएपछि न्यायाधीशले लामिछानेका कानुन व्यवसायीसँग पनि सल्लाह गरेका थिए ।
बहस नहुने भएपछि लामिछानेका तर्फबाट बहस गर्न पुगेका वरिष्ठ अधिवक्ताहरू श्रेष्ठ र पन्तले आफूहरूको जिम्मा वा परिवारको जिम्मामा रिहाइ गर्न प्रस्ताव राखे । उनीहरुले सर्वोच्च अदालतमा यस्तो अभ्यास भएको भनि यस्तो प्रस्ताव राखेका थिए । न्यायाधीशले उनीहरूको प्रस्तावपछि जिल्लामा पनि यसअघि यस्तो अभ्यास थियो कि थिएन भनि प्रश्न गरेका थिए । तर न्यायाधीशले रविलाई प्रहरीको जिम्मा लगाउन आदेश दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, भुवन महरा पुनः सभापति निर्वाचित
-
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
-
डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, सात जना घाइते
-
वर्षाले वायु प्रदूषणमा राहत
-
तस्बिरमा हेर्नुहोस् हिउँदे वर्षाले निथ्रुक्क काठमाडौँ
-
कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक