पुलमा अत्यधिक भारका ट्रक नियन्त्रण गर्न व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भारतीय मालवाहक सवारीसाधनको तौल लिने व्यवस्था गर्न माग गरेको छ । नवलपरासी सुस्तापूर्वको दुम्किबासमा पुल क्षतिग्रस्त अवस्थामा रहेकोले उच्च भारयुक्त ट्रक आउँदा पुलमा थप क्षति हुँदै गएको भन्दै अत्यधिक भार नियन्त्रण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग माग गरेको हो ।
‘भारतीय सवारीसाधनलाई तौलपुलमा तौल नगराउँदा पुल भाँचिने घटना घट्ने भएकाले सरकारले सरोकार भएका निकायसहितको सहभागितामा तत्काल तौलपुल सञ्चालनका लागि कार्यदल बनाइ कार्यविधि बनाउन माग गर्दछौँ,’ महासंघको विज्ञप्तिमा भनिएको छ ।
हाल देशभर करिब तीन लाख ४० हजार यात्रुवाहक र ढुवानीका मालसामान बोक्ने ६० हजार सवारीसाधन सञ्चालनमा रहेको महासंघले जनाएको छ । भारतीय ढुवानीका सवारीसाधनलाई नेपालभित्र स्वतन्त्र रूपमा ७२ घण्टे सुविधा दिइँदा नेपाली मालबाहक ढुवानीका सवारीसाधन सञ्चालन हुन नसकी श्रमिकहरू विदेश पलायन हुने स्थिति सिर्जना रहेको महासंघले जनाएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपाली यातायात श्रमिकको रोजगारीको ग्यारेन्टीका लागि भन्सार विन्दुमै सामान लोडअनलोड हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ
-
थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर फर्कियो एभरेस्ट कल्चरल ग्रुप
-
बीवाईडीले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड
-
राष्ट्रपति सीसँग कुरा गर्न तयार छन् ट्रम्प, को पहिला झुक्ला ?
-
अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेको जेलेन्स्कीको आरोप
-
धवलशमशेरलाई क्यान्सरको फलोअप उपचारमा जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप