नेपाल टेलिकमको ३० प्रतिशत लाभांश पारित, खातामा आजै जम्मा हुने
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ३० प्रतिशत नगद लाभांश पारित भएको छ । काठमाडौँ प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा आइतबार बसेको कम्पनीको सत्रौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सो बराबर लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । उक्त लाभांश आजै सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको समेत कम्पनीले जनाएको छ ।
साधारणसभामा ९१.६२ प्रतिशत शेयरको प्रतिनिधित्व रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०८१/८२ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाश जंग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।
गत आर्थिक वर्षमा कम्पनीको ग्राहक संख्या २ करोड ३० लाख पुगेको, विभिन्न प्रतिकुलताबिच कुल ४२ अर्ब ११ करोड आम्दानी गरी ६ अर्ब २३ करोड नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कबापत आफ्नो कूल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रूपमा नेपाल सरकारलाई बुझाएको जनाएको छ ।
हालसम्म कम्पनीको इन्टरनेट सेवा सातै प्रदेशका ७७ जिल्लाका कुल ७४३ स्थानीय तहमा पुगेको र बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा बिस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर उच्च ब्यान्डविथको कनेक्टिभिटी विस्तार गर्ने टेलिकमको लक्ष्य छ ।
टेलिकमले ग्रामीण क्षेत्रमा दूरसञ्चार विस्तारका लागि कुल १ हजार ३ सय ९५ किलोमिटर अप्टिकल फाइभर विस्तार गरेको समेत जनाएको छ ।
कम्पनीले अहिले विश्वभर नै भ्वाइस सेवाको माग तथा प्राप्त हुने राजस्वमा गिरावटको आएको साथै ओटीटी जस्ता सेवाले परम्परागत सेवालाई थप चुनौती दिएकोले प्रविधिमा आएको परिवर्तन कम्पनीबाट प्रवाह हुने सेवामा पनि तादात्म्य मिलाउन प्रयासरत रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार सम्मेलन गरेर आन्दोलनमा जाने निर्माण व्यवसायीको तयारी
-
त्रिभुवन विश्वविद्यालयद्वारा विद्यार्थी भर्नामा रोक, स्ववियुको आपत्ति
-
न्यायाधीशले ‘सधैँजस्तो आदेश गर्छु’भन्दा रविको जवाफ, ‘स–सम्मान स्विकारेँ श्रीमान्’
-
कृषि मन्त्रालयले ५ वर्षमा बाँड्यो १ खर्ब अनुदान
-
कुलमानले बुझाए मन्त्रालयलाई स्पष्टीकरण
-
भरतपुर महानगरपालिकाले ल्यायो १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट